जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

दोश्रो वंशावली प्रकाशनका प्रयास

रिमाल वंशावली प्रकाशन दोस्रो संस्करण
रिमाल समाजको स्थापना, पृष्ठभूमि र विधिवत् थालनी

२०६७ साल वैशाखतिर तत्कालिन वंशावली प्रकाशन समितिका सदस्य रिमालहरूका उद्गम स्थल अछाम रिमा निवासी हरिप्रसाद उपाध्याय र हालको रिमाल समाजका केन्द्रीय कार्यसमितिका महासचिव रवि रिमालका बीच कोटेश्वरमा कोटेश्वर सेतीओपी युवा क्लव र सामाजिक युवा क्वलको बीचमा फुटबलका विषयमा छलफल भइ रहँदा रिमालका नाताले आपसमा कुराकानी हुन्छ । त्यसको केही दिन पछाडि फेरि हरिप्रसाद उपाध्याय र रवि रिमालका बीचमा रिमाल वंशावलीका विषयमा छलफल हुँदा रिमाल वंशावलीमा उल्लेख्य काम गर्ने व्यक्तिहहरूका विषयमा छलफल हुँदा समग्र रिमाल वंशको हितको काम गर्दा डा. रामरत्नसँग सल्लाह गरेर अगाडि बढ्ने निष्कर्ष निकालियो । पछि
उहाँसँगको छलफलपछि रिमाल समाजको परिकल्पना हुन थाल्यो । यसै सिलसिलामा रिमालहरूको छुट्टै संस्था हुनु पर्छ भनी देशभरका सबै रिमाल बन्धुहरूलाई कसरी एक ठाउँमा उभ्याउने भन्ने विचारका आधारमा यस सस्थाको परिकल्पना भएको थयो । यस क्रममा सबै रिमाल बन्धुहरूलाई एउटै संस्थामा ल्याउन सकिन्छ वा आउन मान्छन् कि मान्दैनन् भन्ने विषयमा छलफल हुन थाल्यो । यी विषय प्रारम्भिक
चरणका थिए ।

अर्को चरणमा तत्कालिन वंशावली प्रकाशन समितिका सचिव बानेश्वर निवासी कृष्णप्रसाद रिमालसँग समाज निर्माणका विषयमा पुन: छलफल हुन्छ । उहाँले वंशावली प्रकाशन गर्दा आफूले पाएका हण्डरहरू आफ्नै बन्धुहरूबाट भएका अपहेलनाहरूका कारण के गर्ने भन्ने निश्चित नभएका अवस्थामा यस प्रकारको प्रस्तावले उहाँको समेत सम्लग्नता हुने र अब बाँकी समय रिमालहरूकै लागि हुनु पर्छ भन्ने भनाइबाट समाज निर्माणमा थप उर्जा प्राप्त भयो । प्रारम्भमा रिमाल कल्याणकारी समिति भन्ने नाम दिएर विधान तयार गरियो । यो क्रम भाद्र महिनासम्म चली रह्यो । मङ्सिरे पूर्णिमाको दिन चोभारमा कुल पूजा हुन्छ त्यो दिन सबै त्यहीँ कुरा गर्ने र अन्य क्षेत्रमा पूजा गर्नेहरूलाई पनि बोलाउने भन्ने सल्लाह भए बमोजिम २०६७ पुष ६ गते समाज निर्माणको पहिलो बैठक बस्यो । यस बैठकका उद्देश्यहरूमा (१) २०५८ सालमा प्रकाशित वंशावली साझा प्रकाशनमा विक्रीमा राखिएका लगभग ४०० किताब विक्री नभएर जलाउन लागेको थाहा पाएर हरिप्रसाद रिमाल र डम्बर रिमालले डा. रामरत्न रिमालको घरमा ल्याएर राख्नु भएको । साझा संस्था लिमिटेडबाट विक्री नभएका वंशावली प्राप्त भएपछि रिमालहरूसँगै समन्वय गर्ने माध्यम नरेन्द्र वाङमय निधि रहेको थियो । केही पुस्तकहरू रिमाल बन्धुहरूमाझ पुर्‍याउन र नयाँ बन्धुहरूसँग समन्वय गर्न रवि रिमाल र हरि रिमालले प्रयत्न गरेको देखियो । जुन प्रयत्न स्वरुप केही वंशावली विक्री भए र नयाँ बन्धुहरूसँग सम्पर्क भयो । रिमाल समाज
गठनमा यस प्रयासले समेत सहयोग गर्‍यो । तर उक्त पुस्तक दूर दराजका बन्धुहरू र उपत्यकाभित्रका बन्धुहरूको घर घरमा समेत नपुगेको विषयमा सही व्यवस्थापन गर्ने पुन: घर घर पुर्‍याउने ।

(२) रिमालहरू बसोबास भएका जिल्लाहरूमा शाखा खोलेर रिमालहरूलाई एकीकृत गर्ने ।
(३) पुन: रिमालहरूको सुधार सहितको वंशावली प्रकाशन गर्ने र अन्य रिमालहरूका कृतिहरूलाई पनि प्रकाशित गर्दै जाने ।
(४) कुल पूजालाई एकरूपता कायम हुने गरी व्यवस्थित गराउने । यी उद्देश्य राखेर विधान तयार गरिएको थियो ।

विक्रम सम्वत् २०६७ पुष ६ पूर्व निर्धारित कार्यक्रम अनुसार सबै रिमाल बन्धुहरूको भेला भइ सोही भेलाले रिमाल समाजको गठन गर्ने निर्णय गर्‍यो । यो बैठक नै रिमाल समाजको पहिलो एवम् प्रारम्भिक बैठकका रुपमा रहन गएको थियो । त्यस भेलामा ३७ जना रिमाल बन्धुहरूको उपस्थिति थियो । यस बैठकमा सहमती जनाइ सम्पूर्ण रिमालहरूलाई सङ्गठित र संस्थागत गर्दै लैजानका लागि रिमाल समाजको विधिवत थालनी गरिएको थियो । बैठक बस्नु पूर्व तयार भएको विधानमा अझै परिमार्जन गर्नु पर्ने भन्ने भएको हुँदा अर्को बैठक २०६७ साल पुष २४ गते इञ्जिनियर श्री शंकरनाथ रिमालको घरमा बस्ने र त्यहा वंशावली प्रकाशन समितिका पदाधीकारी लगायत अन्य बन्धुहरूलाई समेत उपस्थित गराउने भन्ने निर्णय भएको थियो । २०६७ साल पुष २४ गते बोलाइएको भेलामा देहाय अनुसारका बन्धुहरू उपस्थित थियो

१. मीर सुब्बा श्री भोगेन्द्रनाथ रिमाल– वंशावली प्रकाशन समिति पहिलो संस्करणका अध्यक्ष, झम्सिखेल ।
२. श्री कृष्णप्रसाद रिमाल– वंशावली प्रकाशन समितिका सचिव, बानेश्वर ।
३. श्री गौरीनाथ रिमाल– रिमाल वंशावली प्रकाशन समितिका कोषाध्यक्ष, मानभवन ।
४. डा. रामरत्न उपाध्याय रिमाल– वंशावली प्रकाशन समितिका सदस्य, जावलाखेल ।
५. श्री हर्कबहादुर क्षेत्री– वंशावली प्रकाशन समितिका सदस्य, पर्वत ।
६. श्री हरिप्रसाद उपाध्याय रिमाल– वंशावली प्रकाशन समितिका सदस्य, अछाम ।
७. श्री सुरेशकुमार रिमाल– वंशावली प्रकाशन समितिका सदस्य, झम्सिखेल ।
८. श्री अरविन्द रिमाल– वंशावली प्रकाशन समितिका सदस्य, डिल्लीबजार ।
९. श्री नृपेन्द्रनाथ रिमाल (डिल्लीबजार)
१०. श्री शंकरनाथ रिमाल (नक्साल)
११. श्री दिवाकरप्रसाद रिमाल (कोटेश्वर)
१२. श्री ध्रुवप्रसाद रिमाल (कोटेश्वर)
१३. श्री जयन्द्र रिमाल (डिल्लीबजार)
१४. श्री रघुनाथ रिमाल (चोभार)
१५. श्री रवि रिमाल (कोटेश्वर)
१६. श्री सुमीरकुमार रिमाल (ठिमी)
१७. श्री पूर्णप्रसाद उपाध्याय रिमाल (अछाम)

यस ऐतिहासिक भेलाका निर्णयहरू

रिमाल कल्याणकारी समिति बनाउने गरी तयार भएको विधान बुँदागत रूपमा श्री नृपेन्द्रनाथ रिमालबाट वाचन भइ सो विषयमा छलफल गरिएको थियो । उक्त विधानमा प्राप्त भएका सुझाव समावेश गरी आवश्यक संशोधन सहित पारित गरिएको थियो । यसकै दोस्रो विषयमा रिमाल  कल्याणकारी समितिको नाम परिवर्तन गरी रिमाल समाज नामक संस्था खोल्ने निर्णय भएको थियो । निम्न बमोजीम पदाधीकारीहरू रहने गरी १३ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो ।

संस्थापक कार्यसमितिका पदाधिकारीहरू
सस्थापक सदस्यहरू

सि.नं पद  नाम  जिल्ला  सम्पर्क नं
अध्यक्ष नृपेन्द्रनाथ रिमाल काठमाडौं ९८४१८१६७१३
उपाध्यक्ष कृष्णप्रसाद रिमाल काठमाडौं ९८४१३४९७६६
सचिव रवि रिमाल काठमाडौं ९८४१४८०७७६
कोषाध्यक्ष जयन्द्र रिमाल  काठमाडौं ९८५१०७९६१६
सदस्य शंकरनाथ रिमाल काठमाडौं ९८४१५७७३९१
सदस्य हर्कबहादुर रिमाल पर्वत ९८५१०८७३३३
सदस्य सुरेशकुमार रिमाल ललितपुर ९८४१२८२३८५
सदस्य सुमिरकुमार रिमाल भक्तपुर ९८५१०७७९९१
सदस्य हरिप्रसाद उपाध्याय रिमाल अछाम ९८४१२९५१२१
१० सदस्य पूर्णप्रसाद उपाध्याय रिमाल अछाम ९७४१०१८०३०
११ सदस्य सत्यम रिमाल ललितपुर ९७४१०१८०३०
१२ सदस्य दिवाकरप्रसाद रिमाल काठमाडौं ९८४१२१०१११
१३ सदस्य रघुनाथ रिमाल काठमाडौं ९८०८१६८२४४

तदर्थ समितिको पहिलो बैठक २०६७/१२/१० का निर्णयहरू

कार्य समितिका महासचिव रवि रिमाललाई दिइएको जिम्मेवारी अनुरूप २०६७/०९/११ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नं. ७४४ मा रिमाल समाज विधिवत दर्ता भएको त्यस्तै जिल्ला विकास समिति काठमाडौंमा दर्ता नं ७६७ मा मिति २०६७/११/१५ र समाज कल्याण परिषदमा आबद्धता नं ३१८१५ मा आबद्धता र आन्तरिक राजस्व कार्यालयमा पान नं ३०४९६००५१ मा दर्ता भएको थियो । सोही बैठकमा रिमाल समाजको इमेल [email protected] त्यस्तै गरी रिमाल समाजको फेसबुक https://www.facebook.com.rimal.society तथा त्यहीँ बाट रिमाल समाज नामक समूह खडा गरी देश विदेशमा रहनु भएका दाजुभाइलाई रिमाल समाजका गतिविधिहरू जानकारी गराउने निर्णय गरिएको थियो । सोही बैठकमा रिमाल समाजको आफ्नै वेव साइटको लागि पहल गर्ने समेत निर्णय गरिएको थियो । त्यस्तै अर्को निर्णयमा रिमाल वंशावलीको दोस्रो संस्करण प्रकाशन गर्न नामावली सङ्कलन फाराम तयार गर्ने । यस फाराममा (छोरी, बुहारी, ज्वाइ, भिनाजु, फुपु फुपाजु समेत समावेश हुने गरी व्यवस्थित गर्ने । त्यस्तै सदस्यता र सहयोग रसिदको नमुना रवि रिमालबाट पेश भएको हुँदा सबै छपाइ गर्ने र देश भरी वितरण गर्ने निर्णय गरिएको थियो ।

२०६८ वैसाख १६ गते बसेको बैठकमा विभिन्न जिल्लामा सदस्यता रसिद र वंशावली फारामवितरण गरियो । समाजको उद्देश्य अनुसार जिल्ला प्रशासन कार्यालयले दर्ता गर्न नमानेका कारण प्रशासनकै ढाँचामा विधान तयार गरी दर्ता गरिएको हुँदा रिमाल समाजको विधान संशोधन गर्नु पर्ने र रिमालहरू वसोवास भएका जिल्लाहरूमा शाखा खोल्नु पर्ने भएको हुँदा सबैलाई सहज हुने गरी विधान संशोधन तथा विनियम तयार गर्ने निर्णय गरियो । पहिलो साधारण सभाबाट रिमाल कुलका उल्लेख्य कार्य गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरियो साथै पहिलो वंशावली प्रकाशनका बेलामा सहयो गर्नु हुने सबैलाई सम्मान गर्दै जाने निर्णय समेत गरिएको थियो ।

२०६८ साल श्रावण ७ गते डिल्लीबजारमा रिमाल समाजको पहिलो साधारण सभा सम्पन्न भयो । यस सभाले वंशावली प्रकाशन समितिका अध्यक्ष श्री भोगेन्द्रनाथ रिमाल, नेपाली गीत सङ्गीत तथा नाट्य क्षेत्रमा उल्लेख्य योगदान गर्नु हुने नाटककार श्री हरिप्रसाद रिमाललाई देश विदेशमा रहेका रिमालहरूलाई एकजुट गराउन पहिलो वंशावलीको लागि सूचना सङ्कलन कर्ता स्वर्गीय छविरमण रिमाललाई मरणोपरान्त, कवि गोपालप्रसाद रिमाललाई मरणोपरान्त साथै गीती साहित्यका क्षेत्रमा उल्लेख्य योगदान गर्नु हुने भैरवनाथ रिमाल कदमलाई सम्मान गरिएको थियो । www.rimalsociety.com.np, www.rimalsociety.org.np  दर्ता गरी पहिलो वंशावलीका सम्पूर्ण सूचनाहरू राख्ने र रिमाज समाजका हरेक गतिविधिहरू तथा सूचनाहरू यसैबाट सार्वजनिक गर्ने निर्णय गरिएको थियो र यस कार्यका लागि प्रदिप रिमाल र रवि रिमाललाई जिम्मा दिने निर्णय भएको थियो । सभाले श्री गौरीनाथ रिमालको नेतृत्वमा १७ सदस्यीय कार्य समिति चयन गरिएको थियो ।

रिमाल समाजको पहिलो साधारणसभाबाट निर्वाचित पधाधिकारीहरू

सि.नं पद नाम जिल्ला सम्पर्क नं
१ अध्यक्ष गौरीनाथ रिमाल ललितपुर ९८४१८८६४९६
२ वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद रिमाल काठमाडौं ९८४१३४९७६६
३ उपाध्यक्ष डिल्लीराम रिमाल मोरङ ९८५११२२८७५
४ उपाध्यक्ष हर्कबहादुर रिमाल पर्वत ९८५१०८७३३३
५ उपाध्यक्ष रामप्रसाद रिमाल अछाम ९८४८५८५१००
६ सचिव रवि रिमाल काठमाडौं ९८४१४८०७७६
७ कोषाध्यक्ष जयन्द्र रिमाल काठमाडौं ९८५१०७९६१६
८ सदस्य शंकरनाथ रिमाल काठमाडौं ९८४१५७७३९१
९ सदस्य सुरेशकुमार रिमाल ललितपुर ९८४१२८२३८५
१० सदस्य सुमिरकुमार रिमाल भक्तपुर ९८५१०७७९९१
११ सदस्य काशीनाथ रिमाल संखुवासभा ९८४१३४७२६३
१२ सदस्य शिवप्रसाद रिमाल अछाम ९८४१३७०३६३
१३ सदस्य डम्बरप्रसाद रिमाल कैलाली ९८४९३२०८७३
१४ सदस्य तुलसा रिमाल नुवाकोट ९८४१६९४६५७
१५ सदस्य इश्वरचन्द्र रिमाल लमजुङ ९८५१०७५९०१
१६ सदस्य लेखनाथ रिमाल विराटनगर ९८५१०५६८८८
१७ सदस्य उत्तम रिमाल झापा ९८५१०४१८१८

रिमाल समाजको पहिलो साधारणसभाबाट मनोनीत सल्लाहकार सदस्यहरू

सि.नं पद नाम जिल्ला सम्पर्क नं
१ सल्लाहकार लक्ष्मणप्रसाद रिमाल काठमाडौं ९८४१८८६४९६
२ सल्लाहकार अरविन्द रिमाल काठमाडौं ९८४१३४९७६६
३ सल्लाहकार हरिप्रसाद रिमाल काठमाडौं ९८५११२२८७५
४ सल्लाहकार रविन्द्र रिमाल काठमाडौं ९८५१०८७३३३
५ सल्लाहकार निर्मलकुमार रिमाल काठमाडौं ९८४८५८५१००

रिमाल समाजको पहिलो साधारणसभाबाट मनोनीत संरक्षक सदस्यहरू

सि.नं पद नाम जिल्ला सम्पर्क नं
१ संरक्षक नृपेद्रनाथ रिमाल काठमाडौं ९८४१८१६७१३
२ संरक्षक रामरत्न उपाध्याय रिमाल ललितपुर ९८५१०७०७९६
३ संरक्षक भोगेन्द्रनाथ रिमाल (ललितपुर ९८४११३५०६०

रिमाल समाजको चौथौ साधारणसभाबाट निर्वाचित पदाधिकारीहरू

सि.नं पद नाम जिल्ला सम्पर्क नं
१ अध्यक्ष निर्मलकुमार रिमाल काठमाडौं
२ वरिष्ठ उपाध्यक्ष डिल्लीराम रिमाल मोरङ ९८५११२२८७५
३ उपाध्यक्ष रामप्रसाद रिमाल अछाम ९८४८५८५१००
४ उपाध्यक्ष जयन्द्र रिमाल काठमाडौं ९८५१०७९६१६
५ उपाध्यक्ष यमबहादुर रिमाल लमजुङ ९८५६०४५१४६
६ उपाध्यक्ष ईश्वरीप्रसाद रिमाल नुवाकोट ९८५१०८५९८२
७ उपाध्यक्ष रत्नप्रसाद शर्मा रिमाल दैलेख ९८५१०१२८६४
८ महासचिव रवि रिमाल काठमाडौं ९८४१४८०७७६
९ कोषाध्यक्ष सुरेशकुमार रिमाल ललितपुर ९८४१२८२३८५
१० सदस्य काशीनाथ रिमाल संखुवासभा ९८४१३४७२६३
११ सदस्य शिवप्रसाद रिमाल अछाम ९८४१३७०३६३
१२ सदस्य हरिप्रसाद उपाध्याय रिमाल अछाम ९८४१२९५१२१
१३ सदस्य मृगेन्द्रनाथ रिमाल काठमाडौं ९८५१०७०८०८
१४ सदस्य रामप्रसाद रिमाल नुवाकोट ९८५१०९५०६७
१५ सदस्य दीपिका रिमाल थापा भक्तपुर ९८५१०४३४८९
१६ सदस्य कृष्णप्रसाद रिमाल लमजुङ ९८४१७१३९७५
१७ सदस्य विष्णुप्रसाद रिमाल झापा ९८५२६७१७५७
१८ सदस्य सुमा अर्याल रिमाल काठमाडौ ०१४४७१४८७
१९ सदस्य गंगाप्रसाद रिमाल नवलपरासी ९८४१०६२२०

२०६८ साल भाद्र ७ गते शनिवार वसेको बैठकबाट पुरानो वंशावली प्रकाशन समितिले वंशावली प्रकाशन गरी विक्री गरी बाँकी रहेको रकम रु १०००० अक्षेरेपी दशहजार रुपैयाँ मात्र वंशावली सङ्कलनकर्ता स्वर्गीय छविरमण उपाध्याय रिमालकी आमा जानुका रिमालको हातमा पर्ने गरी
उहाँका कान्छा छोरा गुरू रिमाललाई र अछाममा कुल मन्दिर निर्माणको लागि रू. २०,०००।– बिस हजार, बाँकी रहेको ४११।– अक्षेरेपी लगायत पुराना पाण्डुलिपि तथा बाँकी रहेका वंशावलीका किताबहरू तत्कालिन सचिव कृष्णप्रसाद रिमाल, सदस्य डा. रामरत्न उपाध्याय रिमालबाट रिमाल समाजलाई हस्तान्तरण गरियो । रिमाल समाजका सल्लाहकार श्री निर्मलकुमार रिमालद्वारा रू १००००० रु एकलाखको निर्मल निरा शैक्षिक कोषको स्थापना भयो । यसको व्याजबाट एसएलसी परीक्षामा संस्थागत र सामुदायिक विद्यालयका उत्कृष्ठ अङ्क ल्याउने एक एक जना भाइ बहिनीले सम्मान सहित रकम पाउने छन् । यसरी उत्कृष्ठ अङ्क ल्याउने भाइ बहिनीलाई हरेक साधारण सभाका दिन सो रकमबाट आर्जित व्याजबाट नगद रू ५००० का दरले सम्मान सहित रकम पाउने छन् । रिमाल वंशका बाल बालिकालाई हौसला प्रदान गर्ने प्रस्ताव सहित रिमाल समाजमा हस्तान्तरण गर्नु भएकोमा उहालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको थियो ।

२०६८ साल पुष ९ गते बसेको बैठकमा रिमाल समाजको पहिलो शाखा गठन तथा स्वीकृति प्रदान गरिएको थियो । त्यस्तै रिमाल समाज गठनभन्दा अगाडिदेखि नै टीकापुर कैलालीमा रिमाल बाल कल्याण समाज नामक संस्था सञ्चालनमा आइरहेको थियो । उक्त संस्थाले आफूसँग भएका सम्पूर्ण कागजपत्र सहित रिमाल समाजको शाखाको रूपमा रही कार्य गर्न तहाँको साधारण सभाबाट समेत स्वीकृत गराइ त्यहाँको मिति २०६८/०६/२२ गतेको चलानी नं ७ बाट पत्राचार गरेका हुँदा उक्त पत्रका आधारमा सो संस्थाका चल अचल सम्पत्ति सहित संस्थामा आजीवन सदस्य भएका व्यक्तिहरूलाई आजीवन सदस्यमै रहने गरी स्वीकृति प्रदान गरिएको थियो ।

२०६९ साल भाद्र ३० गते दोश्रो साधारण सभा दोस्रो साधारण सभामा सम्मान पत्र प्राप्त गर्ने व्यक्तिहरूमा मराणोपरान्त साहित्यकार श्री वासु यात्रीको सम्मान पत्र उहाँकी धर्मपत्नी श्री शारदा रिमाल, श्री नरेन्द्रनाथ रिमालको १८ पर्व महाभारतमा विद्यावारिधि गर्ने डा. मधुसुदन लामिछाने, विज्ञान र प्रविधीका क्षेत्रमा उल्लेख्य योगदान गर्नु हुने श्री राम रिमाल र श्री लक्ष्मण रिमाल, रिमाल समाजको उद्देश्य अनुसार शिक्षा क्षेत्रमा अक्षयकोष खडा गर्ने श्री निर्मलकुमार रिमाल र रिमाल समाजका वंशजहरूमध्येबाट विक्रम सम्वत् २०६८ सालको एसएलसी परीक्षामा संस्थागत तर्फ श्री शिशु निकुञ्ज सेकेण्डरी इङ्लिस स्कुल काठमाडौंबाट भूमिका रिमालले ८९.५ प्रतिशत अङ्क प्राप्त गरी विशिष्ठता सहित
प्रथम श्रेणी र सामुदायिक विद्यालय तर्फ श्री बागेश्वरी माध्यमिक विद्यालय धादिङ्बाट श्री सन्देश रिमालले ७९ प्रतिशत अङ्क प्राप्त गरी प्रथम श्रेणीमा उत्तीर्ण हुनु भएका विद्यार्थीलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

त्यसै गरी अर्को निर्णयमा मिति २०६९/१२/१० मा होप इन्टरनेशनलका नाममा भक्तपुर दुवाकोटमा रहेको जग्गामा रिमाल समाजलाई भवन बनाउन दिने आशय प्राप्त भएको हुँदा छलफल प्रक्रिया अघि बढाउने निर्णय समेत भएको थियो । त्यस्तै अर्को निर्णयमा २०६९ साल मङ्सिर ३० गते रिमाल समाज झापाको पहिलो अधिवेशनमा समाजका उपाध्यक्ष श्री डिल्लीराम रिमालको नेतृत्वमा कोषाध्यक्ष श्री सुरेशकुमार रिमाल र महासचिव श्री रवि रिमालको सहभागिता रहने समेत निर्णय भएको थियो । यस अधिवेशनमा समाजका प्रतिनिधिहरू उपस्थित भइ रिमाल समाजका बारेमा प्रकाश पार्नुका साथै पूर्वाञ्चल समिति समेत निर्माण भएको थियो ।

२०७० साल भाद्र १५ गते तेश्रो साधारण सभामा ९० वर्ष वा सो भन्दा माथिका काठमाडौँ निवासी श्री गोविन्दकुमार रिमाल र उहाँकी धर्मपत्नी सविता, लम्जुङ निवासी श्री बलबहादुर रिमाल र हाल भक्तपुर निवासी श्री हरिशंकरानन्द राजोपाध्याय रिमाल, नक्साल निवासी कवयित्री श्री सीतादेवी रिमाललाई सम्मान गरियो यस्तै रिमालहरूमध्येबाट वातावरणका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आउनु भएका नुवाकोट निवासी श्री रामहरि बाजे अर्थात् श्री रामहरि रिमाललाई सम्मान गर्ने निर्णय गरियो । यस्तै २०६९ सालको एसएलसी परिक्षाको प्राप्त विवरण अनुसार रिमालहरूमध्येबाट निजी स्कुल तर्फबाट सन् राइज इङ्लिस स्कुल भरतपुरबाट श्री नम्रता रिमाल उनले जम्मा अङ्क ७१७ ल्याई विशिष्ठता सहित प्रथम श्रेणी र सामुदायिक तथा सरकारी स्कुल तर्फबाट सामुदायिक विद्यामन्दिर देवीघाटबाट श्री अर्पण रिमालले कुल अङ्क ७०० ल्याई विशिष्ठता सहित प्रथम श्रेणीमा उत्तीर्ण भएकोमा निर्मल निरा शैक्षिक पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिने निर्णय गरियो ।

मिति २०७० साल चैत्र ३० गते ईश्वरीप्रसाद रिमालको संयोजकत्वमा रिमाल समाज नुवाकोट शाखा विस्तारको जानकारी भयो । यस्तै पूर्वमुख्य सचिव तथा रिमाल वंशावली प्रकाशन समितिका अध्यक्ष श्री भोगेन्द्रनाथ रिमालको असामयिक निधन भएको जानकारी प्राप्त भएको थियो । उहाँको यही २०७१ साउन १२ गते राती ओम अस्पताल चाबहिलमा उपचारका क्रममा निधन भएको थियो ।

२०७१ भाद्र २८ गतेको चौथो साधारण सभा २०७० सालको एसएलसी परीक्षामा संस्थागत विद्यालय तर्फबाट V.S Niketan Higher Secondary School Kathmandu बाट परीक्षा दिई ८८.५७% अङ्क तथा कुल ७१० अङ्क प्राप्त गरी विशिष्ठता सहित प्रथम श्रेणीमा उत्तीर्ण हुनु भएका श्री स्वर्णिम रिमाल र सामुदायिक तथा सरकारी विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालय निजगढ ५ बाराबाट श्री रामशरण रिमाल ले ८६.१२% अङ्क तथा ६८९ अङ्क प्राप्त गरी विशिष्ठता सहित प्रथम श्रेणीमा उत्तीर्ण हुनु भएका दुवै भाइहरूलाई सम्मान गरिएको थियो । सभामा ९० वर्षीय श्री लक्ष्मणप्रसाद रिमालको समेत उपस्थिति रहेको थियो । उहाँ रिमाल समाजका वरिष्ठ सल्लाहकार समेत हुनुहुन्छ । यस सभामा श्री
निर्मलकुमार रिमालको अध्यक्षतामा तल तालिकामा उल्लेख भए अनुसारको कार्यसमिति चयन गरिएको थियो ।

रिमाल समाजको चौथो साधारणसभाबाट मनोनीत सल्लाहकार सदस्यहरू

सि.नं पद नाम जिल्ला सम्पर्क नं
१ सल्लाहकार शंकरनाथ रिमाल काठमाडौं ९८४१५७७३९१
२ सल्लाहकार कृष्णप्रसाद रिमाल काठमाडौं ९८४१३४९७६६
३ सल्लाहकार लक्ष्मणप्रसाद रिमाल काठमाडौं ९८४१८८६४९६
४ सल्लाहकार अरविन्द रिमाल काठमाडौं ९८४१३४९७६६
५ सल्लाहकार हरिप्रसाद रिमाल काठमाडौं ९८५११२२८७५

रिमाल समाजको चौथौ साधारणसभाबाट मनोनीत संरक्षक सदस्यहरू

सि.नं पद नाम जिल्ला सम्पर्क नं
१ संरक्षक नृपेन्द्रनाथ रिमाल काठमाडौं ९८४१८१६७१३
२ संरक्षक रामरत्न उपाध्याय रिमाल ललितपुर ९८५१०७०७९६
३ संरक्षक गौरीनाथ रिमाल ललितपुर ९८४१८८६४९६
माल समाजको सातौं साधारणसभाबाट मनोनीत सल्लाहकार सदस्यहरू
सि.नं पद नाम जिल्ला सम्पर्क नं
१ सल्लाहकार शंकरनाथ रिमाल काठमाडौं ९८४१५७७३९१
२ सल्लाहकार लक्ष्मणप्रसाद रिमाल काठमाडौं ९८४१८८६४९६
३ सल्लाहकार अरविन्द रिमाल काठमाडौं ९८४१३४९७६६
४ सल्लाहकार हरिप्रसाद रिमाल काठमाडौं ९८५११२२८७५
५ सल्लाहकार रत्नप्रसाद शर्मा रिमाल दैलेख ९८५१०१२८६४
६ सल्लाहकार कृष्णप्रसाद रिमाल लमजुङ ९८४१७१३९७५
७ सल्लाहकार मृगेन्द्रनाथ रिमाल काठमाडौं ९८५१०७०८०८

लम्जुङ जिल्लाको चण्डिस्थानमा २०७१ असोज २० गते सोमबार बिहान ११ बजे पहिलो साधारण सभा सम्पन्न भयो । यस सभामा महासचिव श्री रवि रिमालको विशेष उपस्थिति रहेको थियो । यसैगरी २०७१ सालको महा अष्टमीको दिन दोलखामा पनि रिमाल समाजको जिल्ला समेलन सम्पन्न भयो । यहाँ रिमाल समाजको केन्द्रबाट महासचिव श्री रवि रिमालको उपस्थिति रहेको थियो । यसैगरी २०७१ साल पौष २६ गते शनिवार बसेको बैठकले २०७२ सालको भित्तेपात्रो प्रकाशन गर्ने निर्णय भएको थियो । २०७२ वैशाख १ गते रिमाल समाज दोलखाको दोश्रो साधारण सभामा महासचिव श्री रवि रिमालको विशेष उपस्थिति रह्यो । दोलखामा कुल मन्दिर निर्माण गरी नियमित रुपमा कुलायन पूजा गर्ने निर्णय ।
२०७२ साल असार २६ गते शनिवार बिहान ११ बजे नवीन कला मन्दिरको कार्यालय परिसरमा भएको रक्तदान तथा नेत्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । २०७२ भाद्र २६ गते पाँचौं साधारण सभा यस सभाबाट सम्मानित हुनु हुनेमा नुवाकोट निवासी ९६ वर्षीय श्री कृष्णकुमारी रिमाल र ९० वर्षीय लम्जुङ् निवासी श्री सन्तकुमारी रिमाल त्यस्तै विद्यार्थीहरूमा २०७१ सालको एसएलसी परीक्षामा सामुदायिक माध्यमिक विद्यालय श्री अमरसिंह माध्यमिक विद्यालय कास्कीबाट परीक्षामा सामेल भइ ६६६ अङ्कका साथ विशिष्ठता सहित प्रथम हुनु भएका श्री सुशान रिमाल तथा संस्थागत विद्यालय श्री सिद्धार्थ वनस्थली काठमाडौँबाट परीक्षामा सामेल भइ ७२४ अङ्कका साथ विशिष्टता सहित प्रथम हुनु भएका श्री सुजन रिमाल र प्राविधिक तर्फ श्री रश्मि रिमाल ब्+ एवम् श्री सपना रिमाल ब्+ लाई सम्मानित गरिएको थियो ।

सभाबाट श्री खडकराम रिमालको अध्यक्षतामा गठित ९ सदस्यीय रिमाल समाज पर्बत जिल्ला शाखा गठनको लागि स्वीकृति प्रदान गरिएको थियो ।

यसैगरी २०७३ साल बैशाख १८ गते शनिवार श्री रामप्रसाद रिमालको संयोजकत्व मा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

२०७३ भाद्र २५ गते छैटौं साधारण सभा रिमाल वंशको पहिलो ईन्जिनियर तथा नेपाली राष्ट्रिय झन्डाका निर्माता श्री शंकरनाथ रिमाल र धावक श्री हरिकुमार रिमाललाई सम्मान गरिएको थियो । यसैगरी २०७२ सालको एसएलसी परीक्षामा सामुदायिक माध्यमिक विद्यालय तर्फ श्री जनप्रभात
माध्यमिक विद्या काठमाडौँबाट परीक्षामा सामेल भइ ३.६५ GPA का साथ उत्तीर्ण हुनु भएकी श्री बिपना रिमाल सिम्बोल नम्बर 0307772J तथा संस्थागत विद्यालय श्री लाली गुराँस नेसनल एकेडेमी काठमाडौंबाट परीक्षामा सामेल भइ ८५.३ GPA का साथ उत्तीर्ण हुनु भएका श्री मदन रिमाल सिम्बोल नम्बर 0311622L २०७३ साल मङ्सिर २५ गते शनिवार विहान ११ बजेबाट रक्तदान तथा नेत्रदान कार्यक्रमको शुरुवात गरिएको थियो करिव ३ घण्टा चलेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न २०७३ साल चैत्र १२ गते शनिवार बिहान ११ बजे नवीन कला मन्दिरको हलमा सामुहिक विमोचन गरिएको थियो ।

रिमाल समाजको सातौं साधारण सभा २०७४ भाद्र ३१ गते नवीन कला मन्दिरको सभाकक्ष कालिकास्थान डिल्लीबजारमा सम्पन्न भयो । सभामा श्री सरस्वतीप्रसाद रिमाललाई रिमालहरूमध्ये विज्ञान विषयका पहिलो प्राध्यापक जसले निरन्तर ४ दशकसम्म अध्यापन गरी त्रिभुवन विश्वविद्यालयमा विज्ञान सङ्कायको डीनका रुपमा र काठमाडौं विश्वविद्यालयमा स्कूल अफ विज्ञानको डीनको रुपमा समेत कार्य गरी रिमालको नाम उचो राख्न विशेष योगदान गर्नु भएको हुँदा उहाँको योगदानको उच्व कदर गर्दै समाजद्वारा सम्मान गरिएको थियो । यस्तै सम्मान पाउने अन्य व्यक्तिहरूमा एसएलसी परीक्षामा उच्चत्तम् अङ्क ल्याउने दुई विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा संस्थागत विद्यालय
तर्फ (MANASALU PUBLIC HIGH SCHOOL KATHMANDU) बाट परीक्षामा समावेश भइ सबैभन्दा बढी अङ्क ल्याउने Symbol No 0301794L का श्री वसन्तकुमार रिमाल जसले 3.90 अङ्क ल्याउन सफल भएका छन् भने सामुदायिक विद्यालय तर्फ (DHARMATMA MA VI NAWALPARASI) बाट Symbol No 0444955Q  का श्री ईश्वरदेव रिमाल जसले 3.60 अङ्क ल्याउन सफल भएका छन् । सभामा लमजुङ जिल्लाबाट सबैभन्दा बढी अङ्क ल्याउने भाइ बहिनीहरूमा श्री भावना रिमाल, श्री सन्जना रिमाल र श्री महेन्द्र रिमाल समेतलाई सम्मान गरिएको थियो । सभाले डा. डिल्लीराम रिमालको अध्यक्षतामा कार्य समिति चयन गरेको थियो ।

सातौँ सभाबाट कायम भएका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू

क्र.सं. पद नाम जिल्ला
१ अध्यक्ष डा. डिल्लीराम रिमाल मोरङ
२ वरिष्ठ उपाध्यक्ष श्री कृष्णप्रसाद रिमाल काठमाडौं
३ उपाध्यक्ष श्री रामप्रसाद रिमाल अछाम
४ उपाध्यक्ष श्री जयन्द्र रिमाल काठमाडौं
५ उपाध्यक्ष श्री यमबहादुर रिमाल लमजुङ
६ उपाध्यक्ष श्री ईश्वरीप्रसाद रिमाल नुवाकोट
७ उपाध्यक्ष श्री विष्णुप्रसाद रिमाल झापा
८ महासचिव श्री रवि रिमाल काठमाडौं
९ कोषाध्यक्ष श्री सुरेशकुमार रिमाल ललितपुर
१० सदस्य श्री शिवप्रसाद रिमाल अछाम
११ सदस्य श्री रामप्रसाद रिमाल नुवाकोट
१२ सदस्य श्री दीपिका रिमाल थापा भक्तपुर
१३ सदस्य श्री बिर्खराज रिमाल कैलाली
१४ सदस्य श्री मदनप्रसाद रिमाल मकवानपुर
१५ सदस्य श्री महेश्वर रिमाल स्याङ्जा
१६ सदस्य श्री केशवप्रसाद रिमाल नुवकोट
१७ सदस्य श्री ईरा रिमाल काठमाडौं
१८ सदस्य श्री झलक रिमाल पर्वत
१९ सदस्य श्री निरज रिमाल ललितपुर

रिमाल समाजको सातौं साधारणसभाबाट मनोनीत संरक्षक सदस्यहरू

सि.नं पद नाम जिल्ला सम्पर्क नं
१ संरक्षक नृपेन्द्रनाथ रिमाल काठमाडौं ९८४१८१६७१३
२ संरक्षक रामरत्न उपाध्याय रिमाल ललितपुर ९८५१०७०७९६
३ संरक्षक गौरीनाथ रिमाल ललितपुर ९८४१८८६४९६
४ संरक्षक निर्मलकुमार रिमाल काठमाडौं

मिति २०७४ साल पुष १५ गते शनिवार बसेको समाजको बैठकले रिमाल समाजका पूर्वअध्यक्ष श्री निर्मलकुमार रिमाल विगत केही समयदेखी अस्वस्थ हुनु भएको हुँदा शिघ्र स्वास्थ्य लाभको कामना गर्ने । त्यस्तै गरी कास्की जिल्लाका बन्धुहरूको तर्फबाट रिमाल समाजको शाखा विस्तारको माग भइ आए बमोजिम श्री महेश्वर रिमाल संयोजक रहेको पदाधीकारीहरूलाई स्वीकृती प्रदान गर्ने, भित्तेपात्रो प्रकाशन गर्ने र https://family.rimalsociety.com.np को शुरूवात अध्यक्षद्वारा गर्ने निर्णय भएको थियो ।

२०७४ चैत्र १५ गते भित्ते पात्रो विमोचन तथा स्वर्गीय दिवाकरप्रसाद रिमाल छात्रवृत्ति कोषका लागि श्रीमती निरा रिमालद्वारा एकलाख एक हजारको चेक हस्तान्तरण भएको थियो । यसबाट प्राप्त व्याजले दूर दराजका बन्धुहरूका लागि पाठ्य सामग्रीहरू उपलव्ध गराउने । यस्तै रिमाल समाज चितवन शाखाको पहिलो बैठकमा केन्द्रीय कार्य समितिको तर्फबाट महासचिव श्री रवि रिमालको सहभागिता रहेको थियो । रिमाल समाज केन्द्रीय समितिका सदस्य श्री महेश्वर रिमालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको थियो । अर्को निर्णयमा रिमाल समाजले २०५८ सालमा प्रकाशित वंशावलीलाई समाजको website मा राख्दै आए पनि पुस्तावलीका विवरण सङ्कलनका कामहरू अधुरो रहेको अवस्था रहेकाले वंशावली प्रकाशन समितिका तत्कालिन अध्यक्ष स्वर्गीय श्री भोगेन्द्रनाथ रिमालका छोरा श्री प्रदिप रिमालले पूरा गर्नु भएको छ ।

२०७५ साल असार १६ गते श्री लालुप्रसाद रिमालको अध्यक्षतामा गठन भएको चितवन शाखालाई स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको थियो ।

रिमाल समाजको आठौं साधारण सभा २०७५ भाद्र ३० गते शनिवार नवीनकला मन्दिरको सभाहलमा सम्पन्न गरिएको थियो । सभाले विभिन्न बन्धुहरूलाई सम्मान गरेको यियो । यस क्रममा ९१ वर्षीय श्री भुवानीशंकर रिमाल, श्री अरविन्दनाथ रिमाल– १, लमजुङ जिल्लावासी श्री बुद्धिबहादुर रिमाल– १, श्री पूर्णबहादुर रिमाल –१ र श्री धनबहादुर रिमाललाई कुल मन्दिर निर्माणको लागि ०–९–० आना जग्गा प्रदान गर्नु भएकोमा सम्मान गरियो । एसएलसी परीक्षा अन्तर्गत संस्थागत विद्यालय तर्फ श्री LALIGURANS NATIONAL ACADEMY  बाट परीक्षामा सामेल भइ सिम्बोल नं. ०९००९१७ का श्री अङ्किता रिमाल जसले ३.९५ जिपिए प्राप्त गरेकी थइन् । यस्तै सामुदायिक विद्यालय तर्फ श्री NAV JAGRIT MA VI TILAHAR बाट परीक्षामा सामेल भइ सिम्बोल नं ८५३००४४ का श्री शर्मिला रिमालले ३.८५ जिपिए प्राप्त गरेकी थिइन । यी दुबै विद्यार्थीलाई निर्मल निरा कोषको तर्फबाट निरा रिमाल, उहाँकी छोरी श्री सुमा अर्याल र छोरा श्री सुमिरकुमार रिमालले दोसल्ला, माला र सम्मान पत्रका साथमा नगद पुरस्कार सहित सम्मान गर्नु भएको थियो ।

यस्तै गरी यस वर्षको एसइइ परीक्षा अन्तर्गत लमजुङ जिल्लाबाट संस्थागत विद्यालय तर्फ UNIVERSAL ACADEMY BESISHAHAR  बाट परीक्षामा सामेल भई सिम्बोल नं. 0400652 का BISHAL RIMAL  जसले ३.९ भने लमजुङ जिल्लाबाटै सामुदायिक विद्यालय तर्फ GANGA MILAN MA VI MAKAIDANDA बाट परीक्षामा सामेल भइ सिम्बोल नं. 0400389 का SONIKA RIMAL  जसले ३.३५ जिपिए प्राप्त गरेकी थिइन उनलाई रिमाल समाजका अध्यक्ष डा. डिल्लीराम रिमाल ज्यूबाट सम्मान गरिएको थियो ।

समाजको समन्वयमा सञ्चालित अन्य कार्यक्रमहरू
गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

२०७५ असोज १३ गते रिमाल समाज केन्द्रीय कार्य समितिको विशेष पहलमा गण्डकी प्रदेश स्तरीय भेला पोखरामा एक कार्यकमका बीच सम्पन्न भयो । उक्त भेलामा रिमाल बसोवास भएका यस क्षेत्रका सबै जिल्लाहरूका साथै चितवन, धादिङ र काठमाडौं लगायतका स्थानका बन्धुहरूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रिमाल समाजका केन्द्रीय अध्यक्ष डा. डिल्लीराम रिमाल मोरङ र विशेषा अतिथिमाहरू केन्द्रीय उपाध्यक्ष श्री ईश्वरीप्रसाद रिमाल नुवाकोट, केन्द्रीय उपाध्यक्ष श्री यमबहादुर रिमाल लमजुङ, केन्द्रीय कोषाध्यक्ष श्री सुरेशकुमार रिमाल, केन्द्रीय महासचिव श्री रवि रिमाल र केन्द्रीय सदस्य श्री झलक रिमाल (पर्वत) लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रम श्री झलक रिमालले सञ्चालन गर्नु भएको थियो भने भेला आयोजक समितिका संयोजक केन्द्रीय सदस्य श्री महेश्वर रिमालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कुल मन्दिर शिलान्यास

रिमाल समाजका सल्लाहकार, रिमाल समाजका संस्थापक सदस्य तथा वरिष्ठ इन्जिनियर श्री शंकरनाथ रिमालद्वारा २०७५।०७।१७ गते शनिवार विहान लमजुङ निवासी दाजुभाइहरूका बीचमा पूजाअचर्ना गरी कुल मन्दिरको शिलान्यास गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्री शंकरनाथ रिमाल, विशेष अतिथिहरूमा संरक्षक श्री धनबहादुर रिमाल, महासचिव श्री रवि रिमाल, उपाध्यक्ष श्री यमबहादुर रिमाल, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष श्री महेश्वर रिमाल (स्याङ्जा), केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव श्री झलक रिमाल (पर्वत) हाल कास्की र श्री प्रदिप रिमालको उपस्थिति रहेको थियो ।

कैलाली शाखाको साधारण सभा सम्पन्न

२०७५/०७/१७ गते शनिवार कैलाली जिल्लाको साधारण सभा तथा अधिवेशनमा रिमाल समाजका उपाध्यक्ष श्री रामप्रसाद रिमाल, केन्द्रीय सदस्य श्री हरि उपाध्याय रिमाल र विर्ख रिमालको उपस्थिति भएको थियो ।

दोलखा जिल्ला शाखाको अधिवेशन सम्पन्न र कुल मन्दिरको शिलान्यास

मिति २०७५/०७/२३ मा दोलखा जिल्ला अधिवेशन तथा दोस्रो साधरण सभा एवम् दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको थियो । साधरण सभा बैत्यस्वर ७ मार्बुका वडा अध्यक्ष श्री रेशमराज स्वराज रिमालको प्रमुख आथित्यता र श्री पदमप्रसाद रिमालको सभापतित्वमा समपन्न भएको थियो । अधिवेशनबाट श्री शिखरनाथ रिमालको अध्यक्षतामा नयाँ समिति पुनर्गठन भएको थियो । २०७५ साल पौष १२ गते पञ्चमी तिथिका दिन दोलखा निवासी रिमालहरूको आयोजनामा सामूहिक गोठ पूजा सम्पन्न भएको थियो । गोठ पूजाका अवसरमा रिमाल समाज केन्द्रीय कार्य
समितिका अध्यक्ष डा. डिल्लीराम रिमाल तथा उपाध्यक्ष श्री ईश्वरीप्रसाद रिमाल र महासचिव श्री रवि रिमालले सामूहिक रूपमा रिमालहरूको कुल मन्दिरको शिलान्यास गरिएको थियो । सोही कार्यक्रममा काठमाडौं निवासी सदस्य श्री भास्कर रिमालको पनि उपस्थिति रहेको थियो ।

वंशावली तयारी सम्बन्धी कार्य र कुल मन्दिरको शिलान्यास

रिमाल समाजले स्थापनाको समयदेखि नै वंशावली प्रकाशनको अध्यावधिक गर्ने काम गर्दै आएको छ । यस क्रममा समितिको कार्यालय कोटेश्वर सेतीओपी यूवा क्लवको भवनमा २०७५ साल माघ १८ गते शुक्रवार दिनको १ बजे अध्यक्ष डा. डिल्लीराम रिमालको अध्यक्षतामा बैठक बसी निम्न बुदाहरूमाथि छलफल गरी निर्णय गरिएको थियो । रिमालहरूको उद्गमस्थल अछामको रिमामा २०७५ साल फागुन १४ गतेदेखि रिमालहरूको कुल मन्दिर निर्माणका लागि सप्ताह लगाउन लागिएको हुँदा रिमाल समाज केन्द्रीय कार्य समितिका अध्यक्ष लगायत सम्भव हुने पदाधीकारीहरू समापन हुने २१ गतेका दिन पुग्ने गरी जाने । सो अवसरमा अछाम जिल्लाको रिमास्थित ढनेटा र कैलालीको टीकापुरमा
कुल मन्दिर शिलान्यास गर्ने । २०७५ साल फागुन २१ गते मङ्गलवार विहान रिमालहरूका साझा बाजे श्रीपाल भट्टलाई जोगीले हत्या गरेको स्थान अछामको रिमास्थित ढनेटामा सामूहिक रुपमा भूमि पुजन एवम् कुल मन्दिर शिलान्यास गर्ने कार्य सम्पन्न गरिएको थियो । शिलान्यास कार्यक्रममा रिमाल समाजका केन्द्रीय अध्यक्ष डा. डिल्लीराम रिमाल, उपाध्यक्ष श्री रामप्रसाद उपाध्याय रिमाल, उपाध्यक्ष श्री ईश्वरीप्रसाद रिमाल, उपाध्यक्ष श्री यमबहादुर रिमाल, महासचिव श्री रवि रिमाल, केन्द्रीय सदस्य श्री शिवप्रसाद उपाध्याय रिमाल तथा संस्थापक सदस्यहरू श्री हरिप्रसाद उपाध्याय रिमाल, श्री पूर्ण उपाध्याय रिमालका साथै पूर्व केन्द्रीय सदस्य श्री डम्बरप्रसाद रिमाल र श्री हरिदत्त रिमाल चितवन उपाध्यक्ष लगायत अन्य बन्धुहरूको उपस्थिति रहेको थियो । त्यस्तैगरी २०७५ साल फागुन २२ गते बुधवार कैलालीको टीकापुरमा पनि
अध्यक्ष डा. डिल्लीराम रिमाल लगायत कैलाली शाखाका अध्यक्ष श्री जगन्नाथ रिमालले संयुक्त रूपमा भूमि पुजन गरी कुल मन्दिरको शिलान्यास गरिएको थियो । कुल मन्दिर निर्माणका लागि गरिएका शिलान्याससँगसँगै रिमाल समाज स्थापना भए पश्चात् कुल मन्दिर बन्ने जिल्लाहरूमा अछाम, लमजुङ, लमजुङ जिता, दोलखा र टीकापुर गरी ५ भएका छन् । कुल मन्दिरको नक्साङकन रिमाल वंशको पहिलो
इन्जिनियर ८५ वर्षीय श्री शंकरनाथ रिमालले गर्नु भएको थियो ।

भित्तेपात्रो विमोचन तथा अन्य कार्यक्रमहरू

२०७५ साल चैत्र २३ गते भित्तेपात्रो विमोचन तथा स्व. दिवाकरप्रसाद रिमाल छात्रवृत्ती कोषद्वारा दोलखाका श्री कृष्ण र श्री सञ्चिता रिमाललाई हस्तान्तरण गरिएको थियो । यसैगरी २०७६ साल वैशाख २५ गते बुधवार दिनको १ बजेदेखि नेपाल स्टक हाउस र रिमाल समाजको सहकार्यमा रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा रिमाल समाजका अध्यक्ष डा. डिल्लीराम रिमाल, नेपाल स्टक हाउसका अध्यक्ष श्री ईश्वरीप्रसाद रिमाल, ब्लड डोनर्स एसोसियसन पूर्वीभेगीय क्षेत्रका अध्यक्ष श्री रवि रिमाल लगायत ब्लड डोनर्स एसोसियसनका केन्द्रीय सदस्य श्री भोलानाथ पाठकको समेत उपस्थिति रहेको थियो । २०७६ साउन ११ गते रिमाल समाज दोलखाले कुल मन्दिर शिलान्यास गरेको छोटो समयमा मन्दिर निर्माणका साथै विधि पूर्वक प्राण प्रतिष्ठा समेत सम्पन्न गरेको छ । सो अवसरमा दोलखा जिल्ला भरी छरिएर रहेका सबै बन्धुहरूलाई एक जुट गराइ १४४ जना आजीवन सदस्यता समेत वितरण गरी नमुना शाखाको रुपमा परिचित गराएकोमा दोलखा जिल्ला शाखालाई सम्मान समेत गर्ने निर्णय गरिएको थियो । त्यस्तै गरी कुल मन्दिर निर्माणको लागि १,०८,०००। एक लाख आठ हजार रिमाल समाजको तर्फबाट र ३,३३३ रुपैया वेलायत निवासी श्री सुरज रिमालको तर्फबाट गरी जम्मा १,११,३३३। रु एकलाख एघार हजार तीन सय तेत्तिस रुपैया दोलखा जिल्ला शाखालाई उपलब्ध गराइएको जानकारी गराइयो ।

२०७६ भाद्र २८ गते नवौं साधारण सभामा २०७५ सालको एसइइ परीक्षामा रिमालहरूमध्ये संस्थागत विद्यालय तर्फ श्री प्यारागन पब्लिक माध्यामिक विद्यालय बत्तीसपुतलीबाट परीक्षामा सामेल भइ कुल जिपिए ४ ल्याइ उत्तीर्ण हुनु भएका श्री अभिन्न रिमाल काठमाडौं र सामुदायिक विद्यालय तर्फ श्री रणभुवनेश्वरी सेकेण्डरी स्कुल देवीघाटबाट समान जिपिए ३.८ ल्याउने श्री शीला रिमाल र श्री जीवन रिमाललाई सम्मान गरिएको थियो । साथै रिमाल समाजलाई विभिन्न समयमा अतुलनीय सहयोग गर्दे आइरहनु भएका रिमाल समाजका अग्रज रिमाल समाजका संरक्षक डा. रामरत्न उपाध्याय रिमाल र रिमाल समाजका संस्थापक अध्यक्ष तथा हाल संरक्षक श्री नृपेन्द्रनाथ रिमाल र रिमाल समाज केन्द्रीय
कार्यसमितिले हरेक वर्ष सम्मान गर्दे आइ रहेको जेष्ठ रिमालहरूमा ९८ वर्षीय श्री कलाधर रिमाल र साविक धनकुटाको चानुवा हाल भक्तपुर निवासी ९२ वर्षीय श्री मनमाया रिमाल न्यौपानेलाई सम्मान गरिएको थियो ।

२०७७ असोज १० गते शनिवार रिमाल समाजको केन्द्रले आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यो वर्षको साधारण सभा कोभिड १९ को महामारिका कारण सामूहिक उपस्थितिमा सञ्चालन गर्न सम्भव नभएका कारण आधुनिक प्रविधि प्रयोग गरी सम्पन्न गरीएको थियो । साधारण सभामा ३९ जना बन्धुहरूको सहभागिता रहेको थियो । जुम प्रविधिबाट गरिएको यस साधारण सभाको सञ्चालन तथा अध्यक्षता समाजका अध्यक्ष डा.डिल्लीराम रिमालले गर्नु भएको थियो । भने विशेष उपस्थिति सम्रक्षक डा. रामरत्न उपाध्याय रिमालको रहेको थियो । आजको उपस्थितिमा सुदूरपश्चिमको अछामदेखि पूर्वको इलामसम्मका बन्धुहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो । कार्यक्रममा
उपाध्यक्ष रामप्रसाद रिमालले वंशावली चाडो प्रकाशित गर्नु पर्नेमा जोड दिनु भयो भने डा. रामरत्न उपाध्याय रिमालले यो प्रकाशनको काम त्यति सहज नभएको र उहाँहरूले शुरू गर्दा १६ पानाको वंशावलीबाट शुरू हुँदा आज हजार पानाको प्रकाशित हुन लाग्दा यसमा अहोरात्र खटिनुहुने सबैलाई विशेष धन्यवाद दिनु भयो ।

कोषाध्यक्ष शुरेशकुमार रिमालले आ. व २०७६/७७ को आय व्ययको विवरण प्रस्तुत गर्नु भयो भने महासचिव रवि रिमालले कार्य प्रगती विवरण तथा वंशावली प्रकाशनमा उठेका जिज्ञासाहरू समाधान गर्ने प्रयास गर्नु भएको थियो । यस साधारण सभाका निर्णयहरूमा कोषाध्यक्षको प्रतिवेदन र महासचिवको प्रतिवेदन सर्व सम्मतिले पारित गरीएको थियो । त्यस्तै गरी आगामी वर्षको लेखा परीक्षकमा चेतनाथ काफ्ले ज्यूलाई नियुक्त गर्ने निर्णय समेत गिरएको थियो । वंशावलीको दोस्रो संस्करण प्रकाशनका लागि सहयोग गर्नेहरूको विवरण समेत प्रकाशन गर्ने निर्णय भएको थियो । सभाले वार्षिक कार्यहरूको समीक्षा एवम् प्रगति, वंशावली प्रकाशन गर्न आवश्यक पर्ने बजेट, प्रकाशको प्रगतिको अवस्थाको समीक्षा र प्रकाशनका लागि आवश्यक पर्ने बजेट एवम् त्यसको उपलव्धताको समीक्षा सहित समाजका अध्यक्षबाट सभाको समापन गरिएको थियो ।