जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

वंशावली प्रकाशनका प्रयास


श्री परमात्मने नम:

देश भित्र र बाहिर रहेका रिमालहरूको नामावली संकलन गरेर एउटा एउटा वंशावली प्रकाशितगर्ने परम उद्देश्य लिएर डा रामरतन रिमालले डा धनञ्जयप्रसाद रिमालसंग एकपटक कुरा चलाउँदा “मेरो माहिला दाजु श्रीलक्ष्मणप्रसाद रिमाललाई यस विषयमा जानकारी भएकोले वँहाको सहयोग लिईएमा यो कार्य सम्पन्न हुन्छ” भनि उत्साह दिलाउनुभएकोले डा रामरत्न रिमालले सोहीअनुरूप सम्पर्क राख्दा प्रा देवीप्रसाद रिमालका पिता पं देवीरमण रिमाल आफैले तयार पार्नु भएको रिमालहरूको पुस्ता समेत खुलाई राखेको वहाँको हस्ताक्षरकै प्रतिलिपि श्रीलक्ष्मणप्रसाद रिमालले प्राप्त गराई दिनु भएकोले त्यसैलाई आधारभूत बनाई वंशावली तयार पार्ने बिषयलाई लिएर श्रीलक्ष्मणप्रसाद रिमाको विशालनगरस्थित निवासस्थानमा २०५४ साल जेष्ठ २३ गते सर्वप्रथम बैठक बस्यो । त्यस बैठकमा श्रीभोगेन्द्रनाथ, श्रीलक्ष्मणप्रसाद, श्रीविश्वेश्वरप्रसाद, श्रीशिवरत्न, डा रामरत्न, श्रीमोहनप्रसाद र श्रीकृष्णप्रसादको उपस्थिति थियो । त्यस बैठकले वंशावली संकलन गर्नको लागि गोरखापत्रमा विज्ञापन प्रकाशित गर्ने निर्णय गर्‌यो ।

दोश्रो बैठक मिति २०५४।०४।२५ मा डा रामरत्नको निवासस्थान, भनिमण्डल जावलाखेलमा बस्यो । त्यस बैठकमा उपस्थति निम्न अनुसार थियो १) श्रीभोगेन्द्रनाथ २)श्रीलक्ष्मणप्रसाद ३) श्रीविश्वेश्वरप्रसाद ४) गौरिनाथ ५) डा रामरत्न ६) श्रीवासु “यात्री” ७) श्रीहरिप्रसाद – हाँडिगाँउ ८) श्रीकृष्णप्रसाद – जीता, लम्जुङ्ग ९) श्रीकृष्णप्रसाद – वानेश्वर । उक्तबैठले निम्नलिखित पदाधिकारी रहेको तदर्थ समिति गठन गर्‌यो ।

१) अध्यक्ष            – श्रीभोगेन्द्रनाथ,
२) उपाध्यक्ष           – श्रीलक्ष्मणप्रसाद,
३) सचिव             – श्रीकृष्णप्रसाद    वानेश्वर
४) कोषाध्यक्ष          – गौरिनाथ

उक्त दिन संकलित रकमवाट पत्र पत्रिकामा प्रचार प्रसार गर्ने र वंशावली सम्बन्धी कागजात संकलन गर्न श्रीवासु “यात्री” को संयोजकत्वमा श्रीहरिप्रसाद – हाँडिगाँउ ८) श्रीकृष्णप्रसाद – जीता, लम्जुङ्ग रहेको एउटा उपसमिति गठन गर्‌यो ।
तपसिलका व्यक्तिहरूको संपर्क स्थान टेलिफोन नं समेत उल्लेख गरी मिति २०५४।०५।१३ र २०५४।०५।२० को सापताहिक विमर्शमा सूचना प्रकाशित गरिएको थियो ।

१) श्रीभोगेन्द्रनाथ                        २) श्रीलक्ष्मणप्रसाद
३) श्रीविश्वेश्वरप्रसाद                      ४) श्रीगौरिनाथ
५) श्रीकृष्णप्रसाद                        ६) श्रीहरिप्रसाद
७) श्रीगोविन्दकुमार                       ८) श्रीवासु “यात्री”
९) डा रामरत्न                         १०) श्रीकृष्णप्रसाद – जीता, लम्जुङ्ग
११) श्रीशिवरत्न                         १२) श्रीशिवप्रसाद – वट्टार, त्रिशुलि
१३) श्रीगोविन्दप्रसाद – जनकपूर              १४) श्रीहरि शंकरानन्द – ईन्द्रचोक
१५) श्रीहरिसुन्दर – चिनीमिल, विरगञ्ज        १६) श्रीबद्रीप्रसाद – देवीघाट
१७) श्रीमार्कण्डेय – विराटनगर

तेश्रो बैठक मिति २०५४।०५।२८मा श्री भोगेन्द्रनाथको अध्यक्षतामा भनिमण्डल, जावलाखेलमा बस्यो । त्यसमा उपस्थिति निम्न बमोजिम् थियो :

१) श्रीभोगेन्द्रनाथ                        २) श्रीबद्रीप्रसाद – देवीघाट
३) श्रीवासु “यात्री”                       ४) डा रामरत्न
५) श्रीईश्वरीप्रसाद                        ६) श्रीकृष्णप्रसाद- जीता, लम्जुङ्ग
७) श्रीधर्ममणी – वानेश्वर                  ८) श्री दीपक रिमाल -जावलाखेल
९) श्रीराजेन्द्र रिमाल- कठेरी, फिर्केप          १०) श्री मोहनचन्द्र जोशी रिमाल
११) श्री कृष्णप्रसाद – वानेश्वर              १२) श्रीराम कुमार

उक्त बैठकले पं देवीरमणले तयार पार्नु भएको वंशावलीको आधारमा अरू थप संकलन गरी वंशावली तयार गर्ने निर्णय गय्रो ।

चौथो वैठक मिति २०५५।०३।२०मा श्री भोगेन्द्रनाथको अध्यक्षतामा जावलाखेलमा बस्यो । पूर्व बैठकको निर्णयअनुसार पत्रपत्रिकामा प्रचार प्रसार गरेको फलस्वरूप हामिले प्रयास गरे जस्तै तर आफ्नै ढंगले एक्लै जिल्ला लिल्ला घुमेर वंशाबली संकलन गर्दै हिडेका झापा जिल्ला पथरीया गाविस वडा नं ८ निवासी पं छवीरमण रिमाल हाम्रो सम्पर्कमा आउनु भयो । वहालाई हामीले हाम्रो समितिमा सम्मिलित गराएर तद्उपरान्त उँहाको संकलन कार्यमा सहयोग पुय्राउदै आयौ ।

पाचौ वैठक मिति २०५६।१२।२६मा श्री भोगेन्द्रनाथको अध्यक्षतामा निम्न व्यक्तिहरुको उपस्थितिमा बस्यो :

१) श्रीभोगेन्द्रनाथ                        २) श्री लक्ष्मणप्रासाद
३) श्रीगौरिनाथ                          ४) श्री विश्वेश्वरप्रसाद
५) श्री हरिप्रसाद – हाडिगाँउ                ६) डा रामरत्न
७) श्रीकृष्णप्रसाद-बानेश्वर,

सो बैठकमा पं छवीरमणले तयार पर्नु भएको वंशावलीको १।१ प्रति फोटोकपी गरी सवै सदस्यहरूलाई अध्यनार्थ ववितरण गर्ने निर्णय गरीयो ।

छैठौ वैठक मिति २०५७।०१।३१मा श्री भोगेन्द्रनाथको अध्यक्षतामा जावलाखेलमा वस्यो ।तयस वैठकमा उपस्थिति निम्न बमोजिम् थियो ।

१) श्रीभोगेन्द्रनाथ                        २) श्रीलक्ष्मणप्रासाद
३) श्रीगौरिनाथ                          ४) श्रीवासु “यात्री”
५) डा रामरत्न                         ६) श्रीकालीप्रसाद
७) श्रीमोहनप्रसाद                        ८) श्रीअरविन्द रिमाल
९) श्रीदीपक रिमाल                      १०) श्रीनारायणप्रसाद
११) श्रीलवकुमाल                        १२) श्रीसुरेशकुमाल
१३) श्रीकृष्णप्रसाद-बानेश्वर                 १४) श्री प्रकाशनाथ

उक्त वैठकले पं श्रीछविरमणले संकलन गरेको वंशावलीलाई सम्पादन, सशोधन र परिमार्जन आदि गर्न श्रीवासु “यात्री” को संयोजकत्वमा १) श्रीगौरीनाथ २) श्रीदीपक ३) डा रामरत्न ४) श्रीकृष्णप्रसादको एउटा समिति गठन गर्ने निर्णय गय्रो । वंशावलीको छपाईको लागि अर्थ संकलन गर्न निम्नलिखित व्यक्तिहरूबाट कस्तीमा दश हजार रूपैयाँमा नघटाई संकलन गर्ने निर्णय गय्रो ।१) श्रीभोगेन्द्रनाथ २) श्रीलक्ष्मणप्रासाद ३) श्रीगौरिनाथ ४) श्रीवासु “यात्री” ५) डा रामरत्न ६) श्रीकालिकाप्रसाद ७) श्री हरिप्रसाद- हाँडीगाउ ८) श्रीविश्वेश्वरप्रसाद ९) श्रीदीपक रिमाल    १०) श्रीनारायणप्रसाद ११) श्रीलवकुमाल १२) श्रीसुरेशकुमार १३) श्रीकृष्णप्रसाद-बानेश्वर १४) श्रीप्रकाशनाथ

सातौ वैठक मिति २०५८।०४।१३मा श्रीलक्षमणप्रसाद रिमालको अध्यक्षतामा जावलाखेलमा वस्यो । उक्त वैठकले पं श्रीछविरमणले तायार पारेको वंशावलीलाई १५ दिन भित्र सम्पादन मण्डलले परिमार्जन गरी आगामी लक्षीपुजामा प्रकाशित गर्ने लक्ष्य राखि कार्य गर्ने निर्णय गय्रो ।सोही अनरूप संपादक मण्डलले पं श्रीछविरमणले संकलन गरेको भूमिकालाई यथावत राखि त्यसमा थप अर्को भूमिका लेखन गरी समावेश गरीयो ।

आठौ वैठक मिति २०५९।०३।१५मा श्री भोगेन्द्रनाथको अध्यक्षतामा उपाघ्यक्षय श्रीलक्षमणप्रसाद रिमालको निवासस्थान विशालनगरमा तपशिलका रिमाल वन्धुहरूको उपस्थितिमा बैठक बस्यो र निम्नलिखित निर्णय गय्रो ।

उपस्थिति : १) श्रीभोगेन्द्रनाथ २) श्रीलक्ष्मणप्रासाद ३) डा रामरत्न ४) श्रीगौरिनाथ ५) श्रीहरिप्रसाद -हाँडीगाउ ६) श्रीडिल्लीराम, कलंकी ७) श्रीहरिप्रसाद-आछाम ८) श्रीकृष्णप्रसाद-बानेश्वर छलफल भई पारित भएका  निर्णयहरू : आगामी आषाढ २९ गते शनिवार रिमाल-वन्धुहरूको बृहतभेला, नेपाल सांस्कृतिक संघ डिल्लीबजारमा भेला गर्ने निर्णय भयो ।
वंशाबली प्रकाशनको लागि सत्तरी ग्रामको कागज प्रोग गरी छपाई गर्ने निर्णय भयो ।

यस समितिमा एउटा बैठकमा मात्र पनि उपस्थित भएकाहरू सबै नै समितिका सदस्य हुने भएकोले वहाँहरूवाट न्यूनतम रू ३०००।(तीनहजार) चन्दा पुय्राउनु हुन अनुरोध गर्ने निर्णय गरियो । पं वाणवल देखि डा धनञ्जय सम्मका निधन भएका प्रतिष्ठित व्यक्तिहरूको परिचय तथा अन्य जिवित व्यक्तिहरूक फोटो प्राप्त भएपछि परिचय सहित वंशावलीमा समावेश गरी प्रकाशित गर्ने निर्णय गरियो ।