जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

समितिका अध्यक्षको मन्तव्य

वि सं १९८०।८५ साल तिर कल्याण रिमालका भाई पं श्रीभष्कर रिमालका माहिला छोरापट्टिका पु स्ता नं १७ का डि श्रीअमरप्रसादकले परंपरगत थपथाप हुँदैआएको वंशाबलीमा पुन: आवश्यक थपथाप समेत गरी पर्काशनको निमित्त तयार पार्नु भएको रिमाल – बन्धुहरुको बृहत बंशावली आर्थिक श्रोत जुटेपछि आफूले नै वनारस गई पुस्ताको रूपमा चपाउने उद्देश्यले आफूसंगै राख्नुभएकोछ भन्ने कुरा मैले मेरा पिताजीवाट थाहा पाएको थिए । तर अमरप्रसाद काकाको वीरगञ्जमा बस्दा चाँढै नै देहावसान भएकोले  वहाँ जीवितैछदै सो उद्देश्य पूरा हुन सकेन । वहाँका जेठा छोरा श्रीताराप्रसाद रिमालले पनि आफ्नो बाबुको परिश्रम खेरफाल्न नदिई छपाईछाड्ने संकल्प गरेका रहेछन् ।२०२४।२५ सालतिर कुलदेवताको पूजा निमित्त वीरगञ्जबाट काठमाणडौ आउनुभएको बखत उक्त वंशावलीको प्रसंगमा कुरा चल्दा “लौ त चाडै नै छपाउने भाईहरुको इच्छाछ भने म भाइ ईश्वरप्रसाद वा छोरा हरिको हातमा आर्को बर्ष काठमाणडौ आँउदा पठाई दिन्छु” भन्नुभएको थियो र त्यसबारेमा मैले सु जगन्नाथ काकासंग पनि उसबेला कुरा चलाएको थिए । सोको प्रतिक्षामा बस्दा २।३ बर्ष नै बित्यो । पछि भाई ईश्वरप्रसाद रिमालसंग कुरा हुँदा दाजु त बितिसक्नु भयो, भतिजाहरूसंग मागी शिघ्र पठाईदिन्छु भनेका थिए । पून: ३।४ बर्ष बितिसकेपछि नीजसंग बुझ्दा ताराप्रसादजीको घरवाट धनमाल चोरीहुँदा सो पनि परेछ भन्ने खवर सुन्दा साह्रै नरमाईलो लाग्यो । यदि समयमै पाएको भए २०२९।३० सालतिर पुन: सम्पादन गरी प्रकाशित भईसक्ने थियो । हाल आएर हामिहरूलाई यस संवन्धमा ठूलो परिभार समेत पर्ने थिएन । भाईछोराहरूको अकर्मण्यता र लापरवाहीले गर्दा श्रीप्रसाद काकाको परिश्रम व्यर्थ गएकोमा म ज्यादै दु:खी छु ।

जेहोस, २०५४।२।२३ मा श्रीलक्ष्मणप्रसाद रिमालको निवासस्थानमा वहाँका बारे पं देवीरमण द्वारा संकलित वंशावलिको आधारमा नेपाल अधिराज्यभित्र वा वाहिर छरिएर रहेका रिमाल वन्धुहरूको पुस्तावलीलगत संकलन गर्ने पवित्र उद्देश्य राखि पहिलो बैठक वस्यो । उक्त बैठकको निर्णयअनुसार सवै वन्धुहरुको जानकारीकालागि पत्र- पत्रिकामा सूचनाहरू पनि गरिए । उक्त सूचना पढेपछि आफ्नो सपना साकार हुनेदेखि झापा जिल्ला पथरिया  गाविस वडा नं ८ निवासी पं छविरमण समिति समक्ष उपस्थित हुनुभयो ।पं छविरमण रिमालले २०५२ सालदेखिनै वंशावली संकलन गर्नेकार्य गर्दै आउनु भएको र यसै सिलसिलामा वँहाले पश्चिममा अछाम, सुर्खेत, दैलेख, आदि र पूर्वमा आसाम सम्म पनि पुग्नुभई संकलन गर्नुभएको वंशावलीले हाम्रो यस सत्प्रयासमा ठूलो टेवा गयो । वहाँ समितिको संपर्कमा आइसकेपछि अरु भ्रमण नगरेको जिल्लामा गई तथ्यांङ्क संकलन गर्ने काम र काठमाण्काडौका  रिमाल वन्धुहरूको घरघरमा पनि गई सम्पर्क गरी तथ्याङ्कलाई पूरा गर्दै जानुभयो । पं चविरमणले अथक प्रयास नगर्नु भएकोभए यसकिसिमको वंशावली प्रकाशन गर्न सम्भव हुनेथिएन । म समस्त रिमालवन्धुहरूको तर्फवाट वहाँलाई हार्दिक धन्यवाद  ज्ञापन गर्दछु ।

यस वंशावलीमा सकेसम्म बढी क्षेत्र समेटी लगत संकलन गर्ने प्रयास गरिएको छ । तापनि सम्पूर्ण रिमालवन्धुहरूको लगत लिन यो छोटो अवधिमा सम्भव नभएकोले यसमा छुट हुन गएका वा अपूर्ण रहेका सन्ततिहरूले यस समितिमा सम्पर्क गरी तथ्याङ्क उपलव्ध गराई दिनु भएमा भविश्यमा प्रकाशितहुने  दोश्रो संस्करणमा समावेश गरिने व्यहोरा जानकारी गराउँदछु ।

अन्तमा, यस कार्यमा अथक प्रयास गरी सम्पादन कार्यमा समर्पित सदस्यहरू, कम्प्यूटर  प्रिन्ट कार्यमा जुटनुभएका सदस्य-सचिव लगायत अन्य सदस्यहरू र वंशावली प्रकाशन  कार्यमा चन्दादिई सहयोगगर्ने सम्पूर्ण बन्धूमहानुभावहरूमा पनि सहस्र धन्यवाद अर्पण गर्दछु । अस्तु ।

मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष

रिमाल वंशावली प्रकाशन समित
जावलाखेल