देश तथा विदेशमा रहनु भएका रिमालहरू पुनः एक पटक जाग्नु पर्ने बेला भएकाे छ । संसारका कुना काप्चामा छरिएर रहनु भएका छथा देशका कुन कन्दरामा रहनु भएका रिमाल हरूकाे खाेजी तथा तिनका परिवारकाे वंशावली शंकलन तथा रिमालहरूका हरेक गती विधी हरू आफ्नो संचार माध्यम वेवसाइट फेसबुक तथा अन्य सामाजीक संजाल मार्फत तथा वार्षिक रूपमा प्रकाशीत गर्दै आइ रहेकाे भित्ते पात्राे मार्फत जानकारी गराउदै आएको कुरा यहाहरू सबैलाइ अवगत नै छ ।
विगत लामाे समय अघि देखी रिमाल समाज बैधानिकरूपले गठनहुनु भन्दापनि पहीला देखी हाम्रा अग्रज हरूकाे अधुराे सपना पुरा गर्ने अठाेटका साथ हाम्रा काैषीक गाेत्रीय रिमाल तथा तिनका शाखा थरहरूसबैलाइ एक सुत्रमा बाधी वंशावलीकाे रूप दिइ विक्रम सम्बत २०५८ सालमा रिमालहरूकाे वंशावली प्रकाशन गरीएकाे थियाे । आज रिमाल समाजकाे जग त्यही नै हाे । त्यसैलाइ आधार मानी आज रिमालहरू बसाेवास भएका लगभग सबै जिल्लाहरूमा शाखा खाेली वंशावली शंकलन काे कार्यलाइ अघी बढाउदै लगीएकाे छ ।
यसै सन्दर्भमा अहिले रिमाल हरूमा आफ्ना पुर्वज हरूकाे खाेजी तथा अनुसन्धानमा कतै ढुक्क त कतै अन्याेल काे अवस्था रहेकाे छ । ढुक्क यस अर्थमा हाम्राे पुर्व प्रकाशीत वंशावलीमा नाम छ । अन्याैल यस अर्थमा रिमाल थर त लेखिएकाे छ तर पुर्वजहरूकाे बारेमा थाहा नै छैन । अहिलेकाे समयमा याे दुइटै अवस्थाका बन्धुहरूले विशेष ध्यान दिनु जरूरी छ ।
वंशावलीमा हुनु हुने बन्धुहरूमा रिमाल समाजकाे आग्रह वंशावलीमा तपाइ वा तपाइका पिता पाे हुनुहन्छ तपाइकाे आमा, फुफु, फुपाजु, दीदी, भिनाजु, बहिनी ज्वाइ लगायत तपाइकाे श्रीमती अनि छाेरीकाे नाउ छैन के यी तपाइका सन्तान हाेइनन के यी आफन्त विना तपाइ पुर्ण हुन सक्नु हुन्छ ? त्यसैले अव प्रकाशीत हुने वंशावलीमा यी सबैकाे नाउ सहित प्रकाशीत हुनेछ ।
रिमाल थर त लेख्ने तर वंशावलीमा नाउ नभएका बन्धुहरू अब पुर्खा खाेज्न तीर लाग्नुस तपाइसंग भएका विवरण सहीत रिमाल समाजले तयार गरेकाे फाराम अनुसारकाे विवरण भरेर आउनुस आज तपाइ तीन पुस्ता भन्दा माथी थाहा छैन ५ पुस्ता भन्दा माथी थाहा छैन हामीले जानेकाे यती हाे आ…. गरेर बस्नु भाे भने भावी सन्ततीले तपाइलाइ पनि विर्सने छन
रिमाल समाजले पुर्व प्रकाशीत वंशावली तथा अहिले केन्द्रमा प्राप्त भएका फारामहरू दुरूस्त राखी सकिएकाे छ झापा, पाचथर, मकवानपुर, लमजुङ, कैलाली ,दैलेख, चितवन, कास्की, पर्वत का जील्लाहरूकाे लगभग भइ सकेकाे अवस्था छ । अछाम, दाेलखा, र नुवाकाेटमा संकलन भइरहेकाे छ तनहु धादिङ काभ्रे लगायतका जील्लाहरूमा प्रयास भइ रहेकाे छ । रिमाल समाज केन्द्रिय कार्य समितीले २०७५ साल सम्म मा सबै तयारगरी २०७६ वैशाखमा सुधार सिहतकाे रिमाल समाजकाे वंशावलीकाे दाेश्राे संस्करण प्रकाशन गर्ने कार्यक्रमलाइ सबैले सहयाेग प्रदान गर्न हुन अनुराेध समेत गर्दछाै
तपाइले भर्नु भएकाे फाराम अनुसारकाे विवरण तपाइले हाम्राे वेव साइट बाट पनि हेर्न सक्नु हुन्छ ।
www.hamrofamily.com मा गएर वाया पट्टी तल रिमाल छान्न्रे अनि तपाइले रिमाल समाजकाे सदस्यता लिनु भएकाे छ भने सदस्यता नंं राख्ने र सर्च गर्ने तपाइ लगायत तपाइले ५ पुस्ताकाे विवरण हेर्न सक्नु हुनेछ । वा सदस्यता लिनु भएकाे छैन भने तपाइले नाम लेख्ने पिता चीन्ने र सर्च गर्ने ।
आजीवन सदस्यता लिनु हुने बन्धुकाे श्रीमान श्रीमतीकाे फाेटाे सहीत वंशावली प्रकाशीत हुनेछ । अहिले सम्म संयुक्त फाेटाे नदिनु भएका बन्धुहरूले फाेटाे र सदस्यता नंं सहित rimal.society@gmail.com मा पठाउन हुन अनुराेध छ ।