जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाजको १० ओ साधारण सभा सम्पन्न

Posted on:  September 27, 2020

असोज १० गते शनिवार रिमाल समाज केन्द्रले आफ्नो १० ओ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यो वर्षको साधारण सभामा आधुनिक प्रविधी प्रयोग गरी सम्पन्न गरीएको हाे । साधारण सभामा ३९ जना बन्धुहरूको सहभागीता रहेको थियो ।

जुम बाट गरीएको यस साधारण सभाको सचालन तथा अध्यक्षता डा.डिल्लीराम रिमालले गर्नु भएको थियो । भने विशेष उपस्थीती सम्रक्षक डा. राम रत्न उपाध्याय रिमालको रहेको थियो । आजको उपस्थीतीमा अछाम देखी इलाम सम्मका बन्धुहरूको प्रतिनिधीमुलक उपस्थीती रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष राम प्रसाद रिमालले वंशावली चाडो प्रकाशीत गर्नु पर्नेमा जोड दिनु भयो भने डा राम रत्न उपाध्याय रिमालले यो प्रकाशनको काम त्यती सहज नभएको र उहाहरूले शुरू गर्दा १६ पानाको वंशावलीबाट शुरू हुदा अाज हजार पानाकाे प्रकाशीत हुन लाग्दा यसमा अहोरात्र खटीनुहुने सबैलाइ विशेष धन्यवाद दिनु भयो ।

कोषाध्यक्ष शुरेश कुमार रिमालले अा व २०७६/७७ को अाय व्यय विवरण प्रस्तुत गर्नु भयो भने महासचिव रवि रिमालले कार्य प्रगती विवरण तथा वंशावली प्रकाशनमा उठेका जीज्ञासाहरू समाधान गर्ने प्रयास गर्नु भयाे ।

आजकाे साधारण सभाको निर्णयहरुमा

कोषाध्यक्षको प्रतिवेदन र महासचिवको प्रतिवेदन सर्व सम्मतिले पारीत गरीएको थियो ।

त्यस्तै अागामी वर्षको लेखापरिक्षकमा चेतनाथ काफ्ले ज्यू लाइ नियुक्त गर्ने निर्यय गरीयो । वंशावली प्रकाशनका लागी सहयोग गर्नेहरूको विवरण समेत प्रकाशन गर्ने निर्णय भयो ।