पूर्व मुख्यसचिव भोगेन्द्रनाथ रिमालको असामयिक निधनप्रति सरकारले दुःख व्यक्त गरेको छ । उहाको यही साउन १२ गते राति ओम अस्पताल चाबहिल मा उपचारका क्रममा निधन भएको थियो ।
उहाको निधनले समस्त रिमालहरुले अभिभावक गुमेको महशुश गरेका छन । रिमाल हरुको पहिलो बम्शावाली रिमाल बम्शावाली प्रकाशन उहाकै अध्यक्षतामा सम्पन्न भएको थियो र उहा रिमाल समाजको संरक्षक पनि हुनु हुन्थ्यो ।रिमाल समाज उहाको अधुरो सपना पुरा गराउन सदैब लागि परि रहने छ ।
उहाको निधनबाट राष्ट्रले एक इमान्दार कर्तव्यनिष्ठ र राष्ट्रप्रेमी राष्ट्रसेवक गुमाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उहाले निजामती सेवालाई सक्षम, सुदृढ र उत्तरदायी बनाउन पुर्याएको योगदानको स्मरण गर्दै यस दुःखद घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना तथा शोकाकुल परिवारप्रति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिवार तथा समस्त राष्ट्रसेवकका तर्फबाट हार्दिक समवेदना प्रकट गरिएको छ । उहा मुख्यसचिवको पदमा रही २०३८ देखि २०४२ सम्म बहाल रहनुको साथै सार्वजनिक प्रशासन एवम् विकास व्यवस्थापनमा उनले महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।