जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाजको चौथो वार्षीक साधारण सभा भाद्र २८ गते

Posted on:  May 4, 2018

रिमाल समाजको वार्षिक साधारण सभा आगामी भाद्र २८ गते शनिवार दिनको ११ बजे बस्ने निर्णय भएको छ । उक्त साधारण सभामा सम्पुर्ण बन्धु हरुलाई आमन्त्रण गरिन्छ ।

शाखा खुलेका जील्लाहरुबाट घटीमा जिल्ला अध्यक्ष १ र १ जना प्रतिनिधि समेत गरी २ जना अनिवार्य पठाउन हुन पनि रिमाल समाजले आग्रह गरेको छ  ।

रिमाल समाजको मिति २०७१ साल असार २१ ग्ते शनिवार बसेको बैठकले निम्न बुदाहरुमाथि छलफल गरि निर्णय गरेको छ ।

निर्णयहरु ः

रिमाल समाजको वार्षिक साधारण सभा आगामी भाद्र २८ गते शनिवार विहान ११ बजे कालिकास्थानमा बस्ने निर्णय गरियो । साधारण सभालाई व्यवस्थीत गर्नका लागी विभिन्न उपसमिती हरु गठन गरियो

साधारण सभाकोलागी जयन्द्र रिमालको  संयोजकत्वमा सुमिर कुमार रिमाल, इश्वरी रिमाल, शुरेश कुमार रिमाल, इश्वर चन्द्र रिमाल समेत गरि ५ सदस्यीय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरियो

यस्तै प्रचार प्रशार समितिमा सचिव रवि रिमालको संयोजकत्वमा हरि प्रसाद उपाध्याय रिमाल र शिव प्रसाद उपाध्याय रिमाल सहित ३ सदस्यीय प्रचार प्रशार उप समिति गठन गर्ने निर्णय गरियो ।

विगतका वर्षहरुमा झै यसवर्ष पनि जेष्ठ रिमाल (भाद्र महिनामा ९० वर्ष) पुग्नु भएका रिमालहरुलाई सम्मान गर्ने निर्णय गरियो । यस वर्ष लक्ष्मण प्रसाद रिमाल र माधव कुमार रिमाल हुनु भएको भन्ने रिमाल समाजमा जानकारीमा आए अनुसार उहाँहरु लगाएत अन्य कोही हुनुहुन्छ भने भाद्र १५ गते भित्रमा हाम्रो सामाजीक संजाल हरुमा सूचना जारी गरि विवरण तयार गर्ने ।

यस वर्ष पनि निर्मल निरा शैक्षिक पुरस्कार बाट २०७० सालको एसएलसी परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने सामुदायीक तथा निजि विद्यालयबाट एक एक जनालाई सम्मानित गर्ने उत्कृष्ठ अंक ल्याउने भाइ बहिनिको सम्पुर्ण विवरण आइसके पश्चात नाम सार्वजनिक गर्ने जसको लागी उपाध्यक्ष डिल्लिराम रिमाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।

रिमाल समाजको पहलमा अछामको रिमामा कुल देवताको मन्दिर निर्माणको पहल स्वरुप पहिलो चरणको कार्य सम्मन्न भएको र मन्दिर निर्माण उप समिति बन्ने तयारी भइरहेको भन्ने जानकारी उपाध्यक्ष राम प्रसाद रिमाल बाट जानकारी भएको र हाल सम्म रिमाल समाजले संकलन गरेको एकाउन्न हजार रुपैया भएको जानकारी पनि सबै कार्यसमितिका सदस्यहरुलाई गराईयो उक्त रकम कृषी बिकाश बैकमा छुट्टै खाता संचालन गरि दाता हरुलाई आह्वान गर्ने निर्णय गरियो ।

आगामी साधारण सभामा रिमाल समाजको विधान संसोधन सुधार गर्नु पर्ने भए नभए जानकारी गराउन विधान सुधार संसोधन उप समिति बनाउने निर्णय गरियो उक्त उप समितिमा संयोजक डिल्लीराम रिमाल, कृष्ण प्रसाद रिमाल, हरि प्रसाद उपाध्याय रिमाल, र शिव प्रसाद उपाध्याय रिमाल सहित ५ सदस्यीय गठन गर्ने निर्णय गरियो ।

साधारण सदस्यता लिनु भएका सदस्यहरुले भाद्र १५ गते भित्र सदस्यता नविकरण गर्नु हुन र आजिवन सदस्यताको लागी जयन्द्र रिमाल कोषाध्यक्ष ९८५१०७९६१६, सचिव रवि रिमाल ९८४१४८०७७६, सदस्य शुरेश कुमार रिमाल ९८४१२८२३८५ मा सम्पर्क गर्न हुन समेत अनुरोध गरिन्छ    ।