जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

कैलाली शाखाको साधारण सभा कात्तीक २४ गते हुने

Posted on:  November 9, 2023

रिमाल समाज कैलाली शाखाको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम आगामी कात्तिक २४ गते शुक्रवार विहान ११:३० बजे शान्ती होटल लम्की कैलालीमा हुने भएको छ ।

रिमाल समाज कैलाली शाखाले हरेक वर्ष यसै समयमा सम्पुर्ण बन्धुहरुमा शुभकामना आदान-प्रदान दशै तिहार मिलन कार्यक्रमका साथै समाजमा विशिष्ठ योगदान पुर्याउनु हुने बन्धुहरुलाई सम्मान समेत गर्दै आएको छ ।

साथै यस कार्यक्रममा वार्षिक आन्तरिक लेखा प्रतिवेदन तथा सचिवको प्रतिवेदनका साथै कैलाली शाखाले यस आ.ब. २०८०/८१को कार्यक्रम कार्ययोजना तथा कुल मन्दिर व्यवस्थापन तथा पुजाका बारेमा विशेष छलफल गर्नुका साथै वंशावली परिमार्जनकालागी थप कार्यक्रम तथार गर्ने बताइएको छ ।

यस महत्वपुर्ण घडिमा त्यस क्षेत्रमा रहनु भएका कौषिक गोत्रीय रिमाल, भण्डारी लगायतलाइ उपस्थितीको लागी हार्दिक अपील रिमाल समाज कैलाली शाखाले गरेको छ ।