जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाज कैलाली शाखाको पाँचौ साधारण सभा सम्पन्न

Posted on:  November 11, 2023

रिमाल समाज कैलाली शाखाको आयोजना र रिमाल बचत समूह मोतिपुर लम्कीको सहयोगमा कैलाली र आसपासका जिल्लामा वसोवास गर्ने सम्पुर्ण रिमाल एवम् रिमाल भणडारी वन्धुहरुको दशै तिहार मिलन एवम् वार्षिक साधातण सभा र सम्मान कार्यक्रम कार्तिक २४ गते शुक्रवार  भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

११:३० बजे शान्ती होटल लम्की कैलालीमा सम्पन्न साधारण सभामा शाखाका अध्यक्ष अमर प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख सल्लाहकार एवम् साहित्यकार देवानन्द रिमाल रहनु भएको थियो भने कार्रयक्रम  सञ्चालन सचिव डम्बर उपाध्याय रिमालबाट भएको थियो ।

दशै तिहार र छट पर्वको शुभकाअतिथिमना आदान प्रदानका साथै ४ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको उक्त सभामा आ व ०७९/८० को आयव्यय विवरण र वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्यक्रम पनि पारित गरिएको छ ।

कैलाली शाखाकाे पाचाै साधारण सभामा उपस्थित बन्धुहरु जेष्ठ रिमाल सम्मान अन्तर्गत जौमति रिमाललाइ सम्मान गर्नु हुदै कलाकर्मी दिपक रिमाललाइ सम्मान गर्नु हुदै कलाकर्मी नवराज रिमाललाइ सम्मान गर्नु हुदै कैलाली शाखाकाे पाँचाै अधिवेशन उदघाटन गरिदै रिमाल समाज कैलाली शाखाको पाँचौ साधारण सभाको उद्घाटन गर्नु हुदै

 

रिमाल समाज कैलाली शाखाले साधारण सभाका अवसरमा विभिन्न कार्यक्रमका साथमा मा सम्मान कार्यक्रमलाइ पनि निरन्तरता दिएको छ । जसमा सम्मानित हुनेमा ९२ वर्षिया ज्यष्ट नागरिक जौमतीदेवी रिमाल, न्याउल्या कला, साहित्यमा विशेष योगदान पुर्याएका देवानन्द रिमाल र दिपक रिमाल एवम् अभिनयकर्मी नवराज रिमाललाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

सम्मनित व्यक्ति र आतिथ्य प्रदायक रिमाल वचत समूहका अध्यक्ष लालुराम रिमालले शुभकामना व्यक्त गर्दै सम्पुर्ण रिमालहरुमा सहकार्य गरि वंशावलीको प्रचार प्रसार एवम् सुधार, अछाममा कुल मन्दिर निर्माणमा सहयोग र कैलालीका विभिन्न ठाउमा रहेका वन्धुहरुको सक्रिय सहयोगमा जोड दिनु भयो ।