जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाज द्वारा सम्मान गरिने

Posted on:  December 14, 2023

रिमाल समाज केन्द्रिय कार्य समितिले हरेक वर्ष गरिने कार्यक्रम अन्तगर्त विशिष्ट रिमाल सम्मानको कार्यक्रम मिति २०८० साल मंसिर ३० गते शनिवार नेपाल स्टक हाउसको कार्यालय डिल्लीबजारमा गर्ने भएको छ ।

यो सम्मान मिति २०८० भाद्र ३० गते शनिवार प्रहरी कम्प्लेक्स भवन पूर्व प्रहरी संगठनको सभाहल (जिल्ला प्रहरी कार्यालय रोड) भरतपुर चितवनमा रिमाल समाजका अध्यक्ष डा. डिल्लीराम रिमालको अध्यक्षतामा सम्मन्न भएको साधारण सभाबाट घोषणा भएको हो ।

सम्मानित हुनु हुने हरुमा रिमाल समाजका सम्रक्षक डा. राम रत्न उपाध्याय रिमाल, ई. गौरीनाथ रिमाल र ई. कृष्ण प्रसाद रिमाल रहनु भएको छ । लाइ प्रदान गरीएको थियो

उहाहरु तिनै जना रिमाल समाजले प्रकाशीत गरेको पहिलो संस्करण वंशावली २०५८ मा महत्वपुर्ण भुमिका रहनुका साथै यस रिमाल समाजलाइ यहासम्म ल्याइ पुर्याउन उहाहरुको ठुलो योगदान रहेको छ । तत्कालीन अवस्थामा सचिवको जिम्मेवारीमा ई. कृष्णप्रसाद रिमाल कोषाध्यक्षको जिम्मेवारीमा ई. गौरीनाथ रिमाल रहनु भएको थियो भने सदस्यका रुपमा रहि डा. राम रत्न उपाध्याय रिमालले रिमाल समाजका लागी गर्नु भएको योगदानको उच्व कदर गर्दै यो सम्मान गरिन लागीएको रिमाल समाज केन्द्रिय कार्य समितिले जनाएको छ ।

यस कार्यक्रममा सम्पुर्ण रिमाल बन्धुहरुको उपस्थितिको लागी समेत रिमाल समाज आग्रह गर्दछ ।

कार्यक्रम
विशिष्ट रिमाल सम्मान कार्यक्रम
मिति २०८०/०८/३० गते शनिवार
समय विहान ११:३० बजे
स्थान नेपाल स्टकहाउसको कार्यालय डिल्लीबजार (नेपाल सांस्कृतिक संघ संगै)