जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

विशिष्ठ रिमाल सम्मान सम्पन्न

Posted on:  December 17, 2023

रिमाल समाज केन्द्रिय कार्य समितिले आफ्नो वार्षिक कार्यक्रम अनुसार सम्मान कार्यक्रम २०८० सम्पन्न गरेको छ ।

कार्यक्रममा रिमाल समाजका प्रमुख सल्लाहकार १०० वर्षिय श्री लक्ष्मण प्रसाद रिमाल, बरिष्ठ ई. शंकरनाथ रिमाल र रिमाल समाजका अध्यक्ष डा. डिल्लीराम रिमालले संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।

यस सम्मान कार्यक्रममा रिमाल समाजका अन्य पदाधीकारी लगायत बन्धुहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महासचिव रवि रिमालले रिमाल समाजको हाल सम्मको अवस्थाका बारेमा जानकारी गराउनुका साथै रिमालहरुको  उदगम स्थलमा रिमाल समाजका वरिष्ठ ई शंकरनाथ रिमालको डिजायनमा निर्माण हुन लागेको कुल मन्दीरका लागी सबै बन्धुहरुले खुल्ला ह्रृदयले सहयोग गरी उक्त क्षेत्रलाइ पर्यटकीय क्षेत्रमा विकाश गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै अध्यक्ष डिल्लीराम रिमालले हामीले वंशावली दोश्रो संस्करण प्रकाशीत गरे पनि अझै पुर्णता पाइनसकेको यसका लागी देश तथा विदेशमा रहनु हुने बन्धुहरुलाइ रिमाल समाजले आह्वान गरे गनुसार विवरण उपलव्ध गराउन हुन अनुरोध गर्नु भयो ।

त्यस्तै सम्मानित हुनु हुने डा.रामरत्न उपाध्याय र कृष्ण प्रसाद रिमालले रिमाल समाजले खेलेको भुमिकाको सह्राना गर्नु भयो । साथै उहाहरुले विगतमा पहिलो संस्करण प्रकाशीत गर्दाका अनुभवहरु बताउनु भयो ।

यसै कार्यक्रममा अध्यक्ष डिल्लीराम रिमालले विगतका वर्ष भित्तेपात्रो प्रकाशीत गर्न नसकिएको आगामी वर्ष २०८१ को लागी विज्ञापन तथा जानकारीहरु उपलव्ध गराउन हुन सबैलाइ अनुरोध गर्नु भयो ।

कार्यक्रम नेपाल स्टकहाउसको कार्यालय डिल्लीबजारमा निर्धारित समय भन्दा केही ढीला सुरुभएको थियो ।