Untitled Document
Untitled Document

सङ्ग्रामको नियम भै धृतराष्ट्र नानी व्यासले सञ्जयलई दिव्यदृष्टि दिएको

लागे फेर् रणमा बजाउन अनेक् रण् वाद्य सोरै गरी ।
वृद्धै बालक रोगिको विनु सबै जम्बा थिए रण् भरी ।।
सेना कौरव तर्फमा त अशकुन् छाएर चारौँ वरी ।
लागे देखिन है उसै समयमा अर्जुन् श्रि कृष्णै हरी ।। १ ।।

फूके शङ्ख सबै भुमी थरथरी काँपेर तेसै घडी ।
छेडीयो मुटु कौरवादिहरुको छीया भई चर्चरी ।।
सङ्ग्राम् गर्न अनी नियम् तहिँ गरे सल्हा दुवैथर् गरी ।
कष्टै प्राप्त मनुष्य घात् नगरनू फोज्देखि छुट्टा परी ।। २ ।।

एक्लैलाई प्रहार् नगर्नू सगराम् छूटेपछि क्वै लडी ।
शस्त्रै फेर नहान्नु छातिमुनिमा क्वैले निशाना धरी ।।
यस्तो बात भनेर घा हुन गयो बात्चीत ठीकठाक् गरी ।
ऊता येहिबखत् श्रिव्यासमुनि ता पूगे ति डिल्लीपुरी ।। ३ ।।

शोक्ले व्याकुल धृतराष्ट्रकन फेर् आज्ञा भयो त्यो घडी ।
हे राजन् रणमा पृथीवि भरका राजाहरू गै भरी ।।
जस्मा छन् हुन क्षत्रियै बिज पनि बच्नै छ मुस्किल् यहाँ ।
तेस्तो घोर् रण हेर्नलाई तिमरो आँखा नदेख्ने यहाँ ।। ४ ।।

दिव्यैदृष्टि म दिन्छु मन्सुब भए लेऊ उ देख्छौ तिमी ।
यस्तो बात् धृतराष्ट्रले सुनिलिई बोले मधुर् स्वर् गमी ।।
हे मूने भगवान् लिएर गरुँ के त्यो दिव्यदृष्टी यहाँ ।
बन्धू बान्धव नाश हेर्न अहिले लीऊँ म खाँखा कहाँ ।। ५ ।।

जो हूने भवितव्यता भइगयो सक्थ्यो र रोक्नै कउन् ।
जो होला अब फेर् पछी उ कसको शक्ती छ रोक्ने तऊन् ।।
त्यस कारण् म त लिन्न दिव्य नजरै भन्ने वचन् यो सुनी ।
माहातमा मुनि व्यासले अनि दिए त्यो दिव्यदृष्टी गनी ।। ६ ।।

सञ्जयलाई दिएर भन्नु पनि भो राजन् रणस्थल्महाँ ।
ऐनामा मुख देखिए झईँ यिनी देखी प्रतक्षै यहाँ ।।
जो होला सब देखि सञ्जय खबर् तिम्लाई साम्ने झईँ ।
भन्नेछन् तर नाश हुन्छन कती देखिन्न मङ्गल् भई ।। ७ ।।

आकाश् डढ्न गएर चार् तरफमा मेघैहरूले घुमी ।
वर्षा रक्त गरेर नाच्छन अशुभ् फेर् पुच्छ्र तारा जमी ।।
डर्लाग्दो रुपले उदायर यहाँ देखिन्छ कालझैँ बली ।
यो रण् भारत देश् तुल्याउन धुलो हा आइगो फेर् कली ।। ८ ।।

माहाराजधिराज देशि र विदेश् राजाहरू छन् जति ।
नाश् हुन्छन् पृथिवीभरी जति त छन् बाँकी नबाँची रती ।।
अर्जुनको पनि तर्फ अग्नि बल छन् दाहीनु खुस्भै अति ।
देखीइन्छ प्रसन्न हेर सकछन् उस्तर्फ धर्मै मति ।। ९ ।।

यो हेतू जित बाजि यो रणमहाँ हूँदैन तिम्रो कति ।
छोराहेरु त हार्दछन् जय हुने बाटो छ धर्मै गति ।।
लाखौँलाई त एक जित्छ सहजै जो हुन्छ धर्मी अति ।
हे राजन् छ चपल् सबै कहुँ कती यो बात् नभूले रति ।। १० ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित