Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीता अध्याय–६


आज्ञा भो भगवानैले, जो कर्म फलको अनि ।
इच्छा छोडी गरी लीने, कर्मैलाई त जो पनि ।।
तिनै हुन् योगि सन्यासी, अग्निहोत्र पनि यहाँ ।
लौकिक कर्मको त्यागी, सन्यासी ह्वैन त्यो यहाँ ।। १ ।।

सन्यास भनिने पार्थ, उहि हो योग ता पनि ।
सङ्कल्पको नछोडेर, कोहि हुँदैन योगि नि ।। २ ।।

योग ली गरिने कर्म, योग मिल्छ उ कारण ।
योगले शम ता हूने, शमै हो ज्ञान कारण ।। ३ ।।

विषयै फेरि कर्मैमा, प्रीति दूर गरेर जुन् ।
सबै सङ्कल्पको इच्छा, छोडने योग रूढ हुन् ।। ४ ।।

आत्माको आत्ममा रोकी, अधो जान नदीकन ।
राख्नु यी आत्म आत्मैको, बन्धु फेर् शत्रुझैँ छन ।। ५ ।।

विवेक वश दीलैको बस आफ्नु उ गर्छन ।
अविवेकी छ जो आत्मा, शत्रुझैँ उसमै छन ।। ६ ।।

शान्ति मन जितै आत्मा, शीतोष्ण३२ सुख दुःखमा ।
अपमान पनि मान, साधान रहन्छन ।। ७ ।।

शास्त्र अनुभवै ज्ञानी, बेस् तृप्ति इन्द्रि जतिने ।
सुन् पत्थर् साम सम्झन्छ, उहि हो योगि बोलिने ।। ८ ।।

इष्ट मित्र र हाकीम, शत्रु सम्बन्धि सज्जन ।
पापी विचारि द्वेषीमा, एक देख्ने ठुला हुन ।। ९ ।।

(शि०) अधीनै जो योगी, गरिकन त आफ्नू मन पनि ।
सबै भाँती इच्छाहरु र ममता छाडिकन नि ।।
यकान्तै ठाऊँमा, बिच गइ बसी यो दिल अनि ।
समाधीमा ताहाँ हर घडि मनै लाउनु पनि ।। १० ।।

पवित्रै ठाऊँमा कुश धरि पहीले तब वहाँ ।
मृगैको छाला फेर् उस उपर वस्त्रैकन तहाँ ।।
बिछाई योगेका, बखत अचलै आसन जहाँ ।
न अग्लो फेर् होचो, रितसित बनाईकन तहाँ ।। ११ ।।

उसैका ऊपरमा, बसिकन मनैको थिर गरी ।
इन्द्रीयैको व्यापार्, सब अधिन आफ्नू पनि गरी ।।
यकाग्रै चित्तै भै, भितर मन अन्तस्करण ता ।
शुद्धीको निम्तीले, गरिकन लिनू योग पनि ता ।। १२ ।।

(अ०) घाँटी शिर शरीरैको, निश्चलै मन राखनु ।
यताउता न क्यै हेरी, नाकको अग्र हेरनु ।। १३ ।।

अन्तःकरण शान्ति भै, नडरी बह्मचर्यले ।
रोकी दिल ममा दीई, योग गरनु दृढले ।। १४ ।।

सधैँ यै रीत आत्मामा, जस्ले समाधि लाउँछन् ।
मन अधीनको गर्ने, योगीले मोक्ष पाउँछन् ।। १५ ।।

अर्जुन धेर जो खाने, अथवा अन्न त्यागछ ।
धेर् सुत्ने जागि धेर् बस्ने, तिन्ले योग न पाउँछ ।। १६ ।।

ठीक् खाने ठकि बीहार, योग्य जो कर्म गर्दछ ।
बोलामा उठने सुत्ने, उ योग दुख हर्दछ ।। १७ ।।

संयम प्राप्त चित्तै ता, आफ्नै अन्तिम बस्दछन् ।
निवृत्ति कामना हूने, योग युक्त ति बोलछन् ।। १८ ।।

बेबतास्का त ठाऊँको, बत्ती जो बल्छ निश्चल ।
आत्मयोग मनै एक, हुन्छ योगी त निश्चल ।। १९ ।।

रोकेको योगले चित्त, खूब आराम पाइ को ।
शुद्ध हृदयको जो छ, देखी खुस् हुन्छ ज्योतिको ।। २० ।।

इन्द्रियै परको सुख्ख, बुद्धिले मात्र जान्दछ ।
ऊ जो आनन्द पाएर जाहाँ पुगि न गिर्दछ ।। २१ ।।

जो लाभ भइ ऊ देखी, अर्को लाभ नखोजनु ।
उसैमा स्थिर भै दुःखै, भए पनि नछोडनु ।। २२ ।।

यो दुःखैको त फर्कैमा, हुनु हो योग ता यहाँ ।
योग यो निश्चयै लिई, अभ्यास गर्नु बेस् यहाँ ।। २३ ।।

सङ्कल्पले हुने हेर, कामना सब छोडनु ।
सबै इन्द्रिय दीलैले, चारइतर्फ रोकनु ।। २४ ।।

धैर्य ली बुद्धि स्वाधीन, गरी विषय त्यागनु ।
आत्मामा निश्चलै दील, चिन्ता सबै त छोडनु ।। २५ ।।

चञ्चलै चित्त अस्थिर, जहाँजहाँ दगुर्दछन् ।
उस्उस्देखि पनि रोकी, आत्मामै अनि स्थिर् गरून् ।। २६ ।।

काम क्रोध पनि हूने, रजो गुण त फर्क जुन् ।
न पापी ब्रम्हरूपैका, योगीले सुख पाउँछन् ।। २७ ।।

मन सब दिनै जाहाँ, स्वाधीन जो न पापि ता ।
सहज ब्रह्म पाऊँछन्, ईश्वर्मा मिल्दछन् ति ता ।। २८ ।।

(शा०) सम्पूर्णै पनि जो समान जसले देख्नै पुरूषै अनि ।
योगी जो सब प्राणिका बिचमहाँ, आफू त देख्ने पनि ।।
सम्पूर्णै पनि यो चराचर विषे, उत्पन्न प्राणी अनि ।
आफैँमा स्थित देख्छ जो पुरुषले, मैलाई देख्ला पनि ।। २९ ।।

(अ.) मलाई सब ठाम् देखी, सब्लाई देखने ममा ।
मैले देखछु तेस्लाई, उसले देखला ममा ।। ३० ।।

जहाँ अभेद बुद्धिको, सबमा बसने पनि ।
मलाई भजने जानी, मेरो स्वरूप हो पनि ।। ३१ ।।

अर्जुन आफनू जस्तो, प्राणीका बिचमा जहाँ ।
दुख सुखै पनि देख्ने, परम योगि हुन् यहाँ ।। ३२ ।।

हे कृष्ण आफनू तूल्ल्य, सबमा देख यो भनी ।
आज्ञा भो तर यो चित्त, चञ्चलै स्थिर् नदेखिनी ।। ३३ ।।

इन्द्रियै लोभमा पार्ने, जित्नै नसक्नु यो मन ।
चञ्चल वायुझैँ देख्छू, जित्नै मुस्किल यो मन ।। ३४ ।।

(शा.) यस्तो अर्जुनको सुनेर विनती, श्रीकृष्णजीले तहाँ ।
आज्ञा भो दिल यो बहूत चपलै, जीती नसक्नू याहाँ ।।
साँचै हो तर दुःखको सहिकनै, जित्नै छ योग्ये जहाँ ।
अभ्यासै सब दीनमा गरिलिए, वश् हूनजाला यहाँ ।। ३५ ।।

दीलैको वशमा नगर्न सकने, त्यस्ताहरूको अनि ।
यो योगै मिलनै कठीन छ पनी, मेरो मतै यो छ नि ।।
जो दीलै जितिलिन्छ यत्न गरि ता, ऊपायद्वारा अनि ।
योगै उस्कन मिल्छ जान तिमि यो, भन्ने हुकूमै सुनी ।। ३६ ।।

विन्ती अर्जुनले गरे श्रिपतिमा, जो यो मनैको जहाँ ।।
स्वाधीनै गरनै प्रभो नसकने, श्रद्धा भएका यहाँ ।
अस्थिर् चित्त गरेर योग बिचमा, मिल्दैन सिद्धी जहाँ ।
तेस्ता साधकि कुन्गती बिचमहाँ, हे नाथ पुग्छन् कहाँ ।। ३७ ।।

के हेतू तिनि योगी कर्म पनि यो, योगै त भ्रष्टै भई ।
नीराधार् जुन ब्रह्म प्राप्ति विषयै, रस्ता न जान्नै गई ।
वायूले जसरी फटेर गयको, बादल् सरी ता भई ।
भ्रष्टै हुन्छ कि हुन्न कृष्ण प्रभुजी, जानेछ के गत् भई ।। ३८ ।।

हे ईश्वर् म शरण् छु यो सब कुरा, सन्देह दिल्को पनि ।
दूर् गर्ने प्रभुदेखि छैन अरु ता, क्वै छैन दोस्रो पनि ।।
हूनूहुन्छ कृपानिधान सरि ता, क्वै छैन दोस्रो पनि ।
मेरो संशय मेटिबक्सनुहवस्, खूलस्त जो हो भनी ।। ३९ ।।

यस्तो अर्जुनको सुनेर विनती, श्रीकृष्णजीले अनि ।
आज्ञा भो परलोक लोक बिचमा, कोही त लोकै पनि ।।
योगै भ्रष्ट विनाश हुन्न बुझ यो, केले भनौला अनि ।
शूभै काम् गरने त निन्द्य गतिमा, पर्दैन कैल्हे पनि ।। ४० ।।

(अ.) योग भ्रष्ट पुरूषैले, पुण्यैको लोक भोगछ ।
लक्ष्मीवान पछी घर्मा, कुलमै जन्म पाउँछ ।। ४१ ।।

कि ठुला बुद्धिवन्तै जो, योगीकै घर जन्मलान् ।
यस्तो जन्म त लोकैमा, पाउने दुर्लभै त छन् ।। ४२ ।।

योगीकै कुलमा पार्थ, जन्मी अभ्यास पूर्वको ।
देहको पाइनै ज्ञान, गर्छ फेर् यत्न सिद्धिको ।। ४३ ।।

पैल्हेका योगका बल्ले, बेवसै मोक्ष पाउँछन् ।
योगको जान्न इच्छाले, वेदको कर्म नाघछन् ।। ४४ ।।

यत्नले योग गर्नेको, पापहेरू गईकन ।
धेर्जन्मको त सिद्धिले, उत्तमै गति मिल्छन ।। ४५ ।।

अर्जुन तप गर्ने र, अग्निहोत्र लिने यहाँ ।
देखि हुन् योगि श्रेष्ठैको, त्यो हेतु योगि हौ यहाँ ।। ४६ ।।

सम्पूर्ण योगिका मध्ये, श्रद्धा भै खुस दीलले ।
मलाई जो भजीलिन्छ, श्रेष्ठ मै मान्छु प्रेमले ।। ४७ ।।

इति श्री भगवद्गीता, कृष्ण अर्जुनको यहाँ ।
संवाद आत्म संयेम, योग अध्ये छ भो यहाँ ।। ६ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित