महत्वपूर्ण सुचनाहरु :

मध्यकाल

(१०औं शताव्दीदेखि थालनी)

लिच्छवी कालमा नेपालमा लिच्छवी राजाहरूको एकक्षत्र शासन थियो । नेपाल विशाल थियो ।तर मध्यकालमा विशाल नेपाल अनेकौ राज्यहरूमा विभाजित भयो । वि सं ९३७ देखि नेपाल सम्वत सुरू भयो । यस सम्वतका प्रवर्तक राधवदेव थिएमध्यकालका प्रथम राजाहुन् ।यिनको पालासम्म मुलुकको अवस्था विग्रिसकेको थिएन । कालान्तरमा एकक्षत्र शासन द्वैतराज्यमा परिणत भयो। यस समयमा एउटा मुलुकलाई दुईराजाहरूले चलाएका प्रमाणहरू फेला पर्छन् ।११औ शताव्दीसम्ममा देशको आर्थिक, सास्कृतिक, राजनैतिक अवस्था खस्केको थिएन । भोट र भारत संग व्यापार वृद्धि, शैव र वौद्ध  धर्मको तान्त्रिक सिद्धान्तको विकास, भोटमा विद्या प्रचार कार्यमा नेपाली विद्वानहरूको योगदान तथा कलाक्षेत्रमा पनि विकास हुदै गएको थियो । तर पछि पछि मल्ल कालका केन्द्रिय शासकहरूको अनेकता तथा चक्रवर्ती राजाको अभावले गर्दा गण्डकी परसम्म पनि नेपाल उपत्यकाको शासन फैलन सकेन, आपसि कलहले गर्दा । यस उपत्यकाका राजाहरू कमजोर भएका थिए । फैलन नसकेका स-सना राज्यहरूको कारणले गर्दा मल्लकालको अन्त्यतिर कान्तिपुरको आर्थिक अवस्था दयनीयहुन पुग्यो । जयप्रकास मल्लले फौजलाई तलव बाँड्न धौ धौ परेकाले देवमन्दिरहरूका ढुकुटीहरु, पशुपतिनाथ र जयवागेश्वरीका गजुर, जलहरी आदि मासेर तलव दिनु परेको थियो । यिनैको पालामा वि सं १८२५मा राजा पृथ्विनारायण शाहले यिनिलाई पराजित गरी कान्तपुरमाथि विजय प्राप्त गरेका थिए ।(पञ्चाली शासन पद्वतिको ऐतिहासिक विवेचना)
लिच्छवि कालमा ४ वर्ण १८ जातमा नेपालहरू विभाजित थिए  भने मध्यकालमा अहिले झै ४ वर्ण ३६ जातमा नेपाली जातिको विस्तार भयो । यस समयमा राजकाजमा सरसल्लाह दिने कार्य वेद उपनिषद् र शास्त्र जानेका ब्राह्मणले गर्दथे । दण्ड विधामा ब्रह्महत्या निषेध थियो । मल्लकालमा नेवार समाज ६४ जातिमा विभाजित भयो । यो विभाजन जन्ममा भन्दा कर्ममा आधारित भयो । जस्तो चित्रकार, शिल्पकार, सुवर्णकार, तुलाधर, व्यनजन्कार, रञ्जितकार, ज्योतिष, माली, धोवी आदि । नेवार समाजको पुरोहितमा मैथिली ब्राह्मणका साथै रिमाल वंश पनि थिए ।

नेपलामा मध्यकाल एक किसिमले मल्लकाल हो । नेपाल उपत्यकामा मल्ल राजाहरू  त छँदै थिए । सुदुर पश्चिम कर्णाली अञ्चल जुम्ला जिल्लाको संजामा खस साम्राराज्य स्थापना र विस्तरमा पनि मल्ल राजाहरूको देन रह्यो । मल्लवंशको उदयका सम्वन्धमा खोजि गर्दा के थाहा हुन्छ भने दक्षिण भारतका भादामी र कल्याणी चालुक्यहरू तथा काञ्चिका पल्लव राजाहरूले नामको साथमा मल्ल उपाधि ग्रहण गरेका थिए । यिनिहरूले नै धेरै कालसम्म उत्तर भारत र दक्षिण भारतमा राज्य गरेका थिए । यही वंश नै लिच्छवीहरू झै नेपालको गण्डकी प्रदेशमा आई राज्य गर्न थाले र फैलिए ।(नेपालको संक्षिप्त ईतिहास प्रचार विभाग २०३३)

नेपालमा मध्यकालसम्म संस्कृत भाषा र साहित्यको विकास भएको देखिन्छ ।ताडपत्रमा आनन्दले लेखेको वि सं १०७६ को वाल्मीकि रामायण नेपालमा प्राप्त छ । पण्डितहरूले आनेकौ बिषयका ग्रन्थहरू संस्कृमा रच्थे । यस्तो विद्वता र शास्त्रीय ज्ञान भएकालाई राजाले पण्डित उपाधि प्रदान गर्थे। यही उपाधिले थरलाई लुकाईदिएको पाइन्छ । पछि पण्डितनै थर हुन गएको पनि देखिन्छ । नेपाल उपत्यकाका मल्ल राजाहरू समेत संस्कृत, मैथिलीका ज्ञाता थिए । प्रताप मल्ल त कविन्द्र नै कहलाएका थिए । त्यस समयको नेपालमा संस्कृतका साथै नेपाली भाषाको पनि बिस्तारै बिस्तारै विकास हुदे गयो ।

खस साम्राज्य :

खस साम्राज्य वास्तविक रूपमा नेपाली भाषाको विकासको थलो हो ।खस राजाहरूले शिलालेख, ताम्रपत्र आदि अभिलेख नेपाली भाषामा लेखेर प्रकाशित गरे । सउपाल अडैको वि सं १०३८ को शिलालेख र बझाङ्गमा फेला परेको वि सं ११४६को ताम्रपत्र सवभन्दा प्राचिन अभिलेख मानिन्छ (पाचसय वर्ष प्रा बालकृष्ण पोखरेल) । खस साम्राज्यको राजधानी सिंजा थियो । सिंजा जुम्लाको सदरमुकामको उत्तर पश्चिममा पर्दछ । सिंजा प्रदेशका राजा जसुशाही चाँही सिजापति वंशको सर्व प्राचिन कुलपुरूष वन्न पुगे (सिंजापति वंशावली ललितजंग –राम बिक्रम सिंजापति) । यो हिमाल भेग, प्राकृतिक रमणीय अञ्चल मध्यकालका पराक्रमी राजाहरूको राजधानी मात्र होईन, विभिन्न वंश, थर, गोत्र आदिको कोको (Cradle) समेत वन्न पुगेको छ । खस साम्राज्य या सपादलस्य साम्राज्य उत्तरमा मानसरोवर (चिनको स्वशासित तिब्बत) र पश्चिममा कुमाउँ सम्म फैलिएको थियो ।   

खस साम्राज्यमा पण्डित :

धर्म संस्कृतिका लागि मरिमेट्ने ब्राह्मणहरू खस साम्राज्यमा राजाको नजिक पुग्नु स्वभाविक छ । वेद, उपनिषद्का ज्ञाता, व्याकरण, ज्योतिषशास्त्र समेत ज्ञान भएका ब्राह्मणहरूलाई खस राजाहरूले पण्डित, भट्ट, जोशी आदि उपाधि दिए । यही उपाधि पछि पछि थरमा परिणत भयो । पण्डित, उपाध्याय, भट्ट, जोशी आदिले राजाहरूका कनकपत्र, ताम्रपत्र,शिलापत्र आदि अभिलेख जनताको भाषामा लेखेको पाइन्छ । जस्तो अपाडराज पृथ्वी राइको वि सं १४१३ को कनकपत्र शिवदेव पण्डितले, अभयमल्ल राइको वि सं १४३३ को ताम्रपत्र धर्मराज जोइसी (जोशी), कल्पाल नरेश वलिराजकप वि सं १४५५ को ताम्रग्रन्थ क्षमादत्त उपाध्यायले लेखेका हुन् ।अपाडराज पुण्य मल्ल राइ (राजा) को वि सं १३९४ मा प्रकाशित ताम्रपत्रको अंश यस्तो छ: विद्याकर पंण्डितकि शाखा भाइ भतिजो चेलीको चेलो आदि भुँच (पाँचसय वर्ष) ।
विभिन्न ठाउँका पाँच खेत विद्याकार पण्डितलाई प्रदान गरेको कुरालको यसमा प्रकाश पारिएको छ । ठूला विद्वान भई राजालाई गुण लगाए पछि या उल्लेखनीय कार्य गरी राजालाई खुशी पारेपछि राजावाट जग्गा-प्रदान गर्ने चलन थियो ।यसरी शोभाकर पण्डितले जग्गा पाए । अहिले पण्डित शर्मामा परिणत भए पनि त्यस समयमा यो उपाधि थियो । गीतामा पण्डित शब्द समदर्शि एवं ज्ञानिकानलागि प्रयोग भएको पाइन्छ ।

विद्याविनयसंपन्ने गवि हस्तिनि ।

शुनि चैव श्वपाके च पण्डिता: समदर्शिन: ॥(गीता ५-१८)

वेद शास्त्रका ज्ञाता र राजालाई वैदिक, शास्त्रीय कर्महरु (कर्मकाण्ड) एवं धार्मिक अनुष्ठान गर्न लगाउने “पण्डित”, ‘भट्ट’ भए भने ज्योतिष चाहीँ जोशी कहलाए । पुर्खाले उपाधि तथा इज्जतको रूपमा प्राप्त पन्डित पदलाई सन्तान दरसन्तानले कायम गर्न नसक्दा पण्डितभन्दा अलि तलकजो शास्त्र ज्ञातालाई प्रदान गरिने पदवी, सम्मान ‘भट्ट’ लेख्‌न थालेको पाइन्छ । जस्तो – १४औं सताब्दीतिर जुम्लाबाट एकथरि भट्टहरू अछाम आए । ती कौशिक गोत्रीय ब्राह्मण थिए । तिका कुल पुरुष (पुर्खा) भाष्कर पण्डित थिए । उनी ठूला विद्वान भए, त्यसैले उनको नाउँ चारैतिर फैलिएको थियो । उनी ज्योती पनि थिए । खस साम्राज्यवाट सम्राट जितारी मल्ल देवताका राजगुरू जस्तो सम्मानित पदमा भाष्कर पण्डित रहेका थिए । यिनका माइला छोरा जय वाद्याधर पनि पण्डित नै कहलाका थिए । यिनी दुल्लु आए । बाबु छोरा दुवैले सम्राट जितारी मल्लबाट बिर्ता पाएका थिए । विद्याधरका माहिला छोरा जसुपण्डितले सम्राटबाट सुतारकोट नामक थर्पुको कार्की (प्रशासक) पद पाए । कार्की थर वास्तवमा प्रशासनिक पदबाट नै विकसित भएको हो (यसबारे यथास्थानमा चर्चा गरिने छ) । जसु पण्डितका सन्तान सुतारकार्की कहलाए । जय विद्याधरका साहिला छोरा जयतु पण्डितले दुल्लु भन्दा परको बरला गाँउ बिर्ता पाए र बराल थरको जन्म भयो (बराल वंशावली-शिवराज) । यसै गरी गुण रत्नाकर (गुनु पण्डित)लाई प्यूठानको खन नामक बिर्ता मिल्यो र तीनका सन्तान खनाल कहलाए । जय विद्याधरका जेठा छोरा सर्वज्ञधर (सर्वु पण्डित)का सन्तान दैलेखको नेपा बिर्तामा बसेर नेपाल भए । यसरी स्थलगत रूपमा रहेर थरको विकास भएको उदाहरण धेरै पाइन्छ । यी पण्डितहरूकै अन्य शाखा सन्तानले पण्डित सम्मान पद कायम राख्‌न नसकी भट्ट लेख्‌न थाले । यिनीहरूकै खलक खप्तड भूमिमा बसे । तीनीहरूले भट्ट नै लेखे ।

शोभाकर:  

यस वंशावलीमा उल्लेखित शोभाकर पण्डितलाई बजाङ्गि राजाले सेती गंगा साक्षी राखी गुरू थापेको बुझिएको छ ।

शोभाकरको नाम परेको एक कवितामा दैवज्ञ, द्विजोत्तम, विप्र जस्ता शब्दहरू प्रयोग भएकाछन् । यसवाट उनी पनि पण्डित रहेछन् भन्ने कुराको बोध हुन्छ । दैवज्ञ भनेको ज्योतीषी हो । द्विजोत्तम भनेको ब्रह्मणहरुमा उत्तम भन्ने विशेषण हो । विप्र को अर्थ हुन्छ शुद्ध, जन्म, आचार र विद्याविशिष्ट व्यक्ति । यस अघि खस साम्राज्यमा पण्डित उपशीर्षक अन्तर्गत लेखाइमा उल्लेखित विद्याकर पण्डित र शोभाकरका वीच पुस्तैनी सम्बन्ध हुनुपर्छ । पुस्नी जोड्ने कार्यमा खोजी हुन वाँकी  छ ।

वि सं १४१३ को अपाडराज पृथ्वी मल्ल राइको कनकपत्रको अध्ययन गर्दा त्यस बेलाका ब्राह्मण, क्षेत्री र वैश्य वर्णका प्रसिद्ध थर, उपाधिको ज्ञान हुन्छ । जस्तै अधिकारि, जैशी, भण्डारी, पण्डित (ब्राह्मण वर्ण) राउत, चंद, मल्ल, कार्की, खड्का, थापा, बुडाबनियाँ, साहनी (क्षत्रीय र वैश्य वर्ण) । अरू कैयौ थरका व्यक्ति पनि हिलान् तर राजाको अभिलेखमा साक्षी बस्न पुगेका प्रमुख थर यहाँ दिइएको हो । हामी हाम्रा पुर्खाहरूलाई खस साम्राज्यका राजाहरूले प्रकाशित गराएका विभिन्न अभिलेखहरुका लेखहरूको नामावली पनि खोज्न सक्छौ । तर समस्या के छ भने त्यसवेल रिमाल थर कायम भइसकेको थिएन । जन्मेको भए पनि शास्त्र जानेकाले सम्मानित पद पण्डित नै लेख्न रुचाए या ज्योतिष विद्या जानेर ‘जोइसी’ भन्ने पद नै लेख्न थाले । ‘नेपालि भाषाका केही पुराना लेखक’ शीर्षक लेखमा पुरातत्वविद कोहन प्रसाद खनालले एक ठाँउमा वि सं १४४८ को अभिलेखका लेखकका रुपमा विद्याकर जोइसीको नाम उल्लेख गर्नुभएको छ । यी विद्याकर जोइसी विद्याकर पण्डित हुनुपर्छ । पुण्य मल्लको ताम्रपत्रमा विद्याकर पण्डित भन्ने उल्लेखित भई भाइ, भतिजो आदिले जग्गाको भोग चलन गर्नू भन्ने राजाज्ञा वि सं १३९४मा भएको देखिन्छ भने वि सं १४४८ को एक अभिलेखको लेखकका रुपमा उनी विद्याकर जोइसीको रुपमा उल्लेखित भपका छन् । कालक्रमले अन्तर धेरै नभएकोले यस प्रकारको अनुमान गर्न सकिन्छ ।

थरको जन्म र विकास :

वंश परम्पराको ज्ञान गराउने थर हो ।पूर्वजहरूको थात थलोबाट मुख्य रुपमा थर रहन गएको देखिन्छ । अधिकांश नेपालीहरूको मूल थलो कर्णाली फाँटका गाँउ, बडा खोला र पहाड आदि थिए। स्थल शब्दबाटै थर आएको कुरामा भाषाशास्त्रीहरू विश्वास गर्दछन् ।नामको पछाडि छुट्दै नजोडिकन थर लेखिन्छ । स्थल बाहेक मानपदबी, कार्यविभाजन आदि कारणवाट पनि थरको जन्म भएको छ । थरको जन्म र विकासका बारेमा चर्चाको क्रम मध्यकालमा समावेश गराउनुको अर्थ के हो भने मध्यकालमा थरको बढी मात्रामा विकास हुन गयो ।

  1. स्थानको आधारमा थर:

चाँपरूखको जंगलनिर बसेका             चापागाउँ, चापागाई
घमिर गाँउमा बसेका                  घमिरे, धिमिरे
गोतम गाँउमा (जाजरकोट)             गोतामे
रिगमी गाँउका                      रिग्मी, रेग्मी
रिमी गाँउका                       रिमाल (रिमी आल)
रिजु गाँउका                        रिजाल
नेपा बिर्ता (दुल्लु)का                 नेपाल
खतिवडाका (डोटी)का                 खतिवडा
देवकोट (जुम्ला)का                  देवकोटा
रुपाखेत पाउने                      रूपाखेती
खप्तडक्षेत्रबासी                      खप्तडी, खप्तरी
नियापनिनिर बसेका                  नियापने, न्यौपाने
पोखरा (रूकुम गाँउ)का                पोखरेल
बुडु (जुम्ला)गाँउका                  बुडा, बुडाक्षेत्री
अर्ज्य गाँउका (मुसिकोट)              अर्जेल, अर्याल
कोइराला रूखभएको पाटा               कोइराला
ढिकु गाँउका                       ढिकाल, ढकाल
डोटीमा रहने                       डोटेल
खनाया गाँउका (बिर्ताका)              खनाल
दहा गाँउका                        दहाल
धिता गाँउका                       धिताल

यही सन्दर्भमा भू-स्वामित्वका आधारमा थर रहन गएको प्रसंग प्रस्तुत गरिन्छ । योगी नरहरिनाथका अनुसार “एघारौ शताब्दीमा सिंजापति महाराजबाट धेरै नागरीकहरूलाई बिर्ता, वितलव, गुठ,हरिकर इत्यादि भू-स्वामित्व वितरण गरिदाँ जसले जुन नामको बिर्ता पाए उनका सन्तान्लाइ त्यसै गाउँको नामसित सम्बन्धित गराइयो । ती बिर्ताबालसहरू पनि आफ्ना बिर्ताक्षेत्रभरिमा अरू नागरिकका लेखि राजातुल्य मानिन्थे । सरकारका छत्तिस खाले करहरू तीर्नु पर्दथ्यो तर अरू थारका सन्तानहरू बिर्तावालका बिर्ताभित्र बसेका छनभने बिर्तावारलाई सरकारतुल्य मानेर मात्रै बस्ने अनुमति पाउँथे, नत्र बिर्तावारले त्यस्ता नागरिकलाई निस्कासन पनि गर्दथे ।” योगीजीले दुल्लु (दैलेख) संग जोडिएको नेपागाँउ भएको भूभाग बिर्ताका रूपमा पाएको कौशिक गोत्री नेपालथरको जन्म भएको बताउनुभएको छ ।(कौशिकादि सन्तति पुस्तक)  

  1. पद मानको आधारमा थर:

लिच्छबिकालमै विभिन्न वर्ण र थरको विकास भईसकेको थियो तर थरका वारेमा विस्तृत जानकारी भने पाउन सकिएको छैन । त्यस समयमा जात अनुसारको काम  होस् धर्मशङ्कर नहोस् भनेर रेखदेख गर्न एउटा अड्डा थियो- भट्टाधिकरण । यसको रेखदेख भट्टले गर्दथे । त्यस समयमा भट्ट विद्वानलाई भनिन्थ्यो । भट्ट शब्द विद्वत् समाजमा अति प्रचलित र प्रिय बनेको थियो ।(पांचाली शासन पद्धतिको ऐतिहासिक विवेचना – धनबज्र बज्राचार्य)

माध्यमिककालमा मल्लराजाका मन्त्रीलाई “अमात्य” भनिन्थ्यो जुन पछि नेवार जातिमा एउटा थर बन्नपुग्यो । वास्तवमा मन्त्रीलाई अमात्य भन्ने चलन गुप्तकालदेखि चलिआएको हो । मध्यकालमा नेपाल उपत्यकामा भारदारहरूलाई शिष्ट भन्दाभन्दै उनिहरू श्रेष्ठ कहलाए र पछि यो थरमा परिणत भयो ।

राजाले दिएको पद, मानको आधारमा थरको व्यबस्था यसरी विकास भयो :

भण्डारको कामकामगर्ने                भण्डारी
ज्योतिष विद्या जान्ने                 जोशी,जोइसी,दैवज्ञ
सार्वजनिक सम्पत्ति हेरचाह गर्ने          अधिकारी
खड्ग भिरी सेनामा रहने               खड्गाहा, खड्का
शास्त्रादि जानेका, पण्डित्याँइयुक्त         पण्डित
पुराणवाचन, यज्ञ, संचालन गर्ने          आचार्य
विद्वान, पण्डित                    भट्ट, (भर्तृ-सं मूल शब्द)
भट्ट झै विद्वान तर राइ(राजाकोटोलमा बस्ने) भट्टराई
बसेर न्याय तयगर्ने                  बस्नात, बस्नेत
मुगल बादशाहबाट पाएको उपाधि          शाह
वर्म, वम्म                        बम
चन्द्र झै शितल स्वभावका              चन्द
सिंह झै बलियो, बीर                 सिंह आदि(विश्वनाथ कोई- हाम्राथरहरू, मधुपर्क)

  1. राज्य शासनकालबाट थरको विकास :

मध्यकालीन खस साम्राज्यहरूले कतिपय कुराहरू लिचछवी गणराज्यबाट सिकेका थिए । उनीहरूले आफ्ना विशाल साम्राज्यहरूमा, राजाहीन उपराज्यहरूमा अधिकारको विकेन्द्रीकरण गर्दै शासन चलाए । त्यसबेलाका प्रशासनिक अधिकारीका सन्तान, दरसन्तान पुर्खाकै पदबाट चिनिए र थरको विकास भयो । जस्तो राउत, अधिकारी, कार्की, आदि । खस राज्य शासन ढाँचा यस्तो थियो :

  1. परमभट्टारक महाराजाधिराज महामण्डलेश्वर – साम्राट नै हुन्थे ।
  2. मण्डलेश्वर: न्यायीक, धार्मिक माम्लामा सम्राटलाई नसोधिकन निर्णय गर्ने अधिकारप्राप्त
  3. माण्डलीक: केन्द्रीय महासबामा सदस्य रहने, गणराज्यढंगमा केन्द्रीयस्तरबाट अडै, कार्की नियूक्त भएर माण्डलिकलाई सघाउने व्यबस्था थियो ।
  4. सामन्त: सानातीना राजा जसले त्रीकर-भाग भोग र कर केन्द्रमा दाखिला गर्ने काममा कार्कीको सहयोग पाउँथे ।
  5. राउतराज: राज्यमा गडवडी भएमा तैनाथ गरिने केन्द्रीय सैनिक पदाधिकारी
  6. अधिकारी: राज्य वा थर्पूहरूका लागि नियुक्त जन प्रशासन प्रमुख
  7. कार्की तथा अडै: राज्य वा थर्पूका सर्वाधिकार सम्पन्न शासक-क्षेत्रपाल तथा अञ्चलाधिश जस्ता पदहरू ।

मध्यकाल अन्तर्गत मल्लकाल उपशीर्षकमा गरिएको चर्चामा नेपाल उपत्यकामा विभिन्न पेशागत रुपमा थरको विकास भएको उल्लेख भइसकेकोछ । यी पर्शासनिक पदहरू ब्राह्मण, क्षेत्री या वैश्य जसले पनि पाउन सक्थे । त्यसैले विभिन्न थरका मुहान नै ती पद हुन् । कालान्तरमा निश्चित तरमा सम्वन्धित पद परिवर्तित भए ।

अडै पदवाट समाजमा प्रचलित अडैनीको अर्थ लाग्छ । चल्ता पुर्जा, अह्राउने-पह्राउने कार्य गर्ने नारीलाई अडैनी भन्ने चलन विकसित भयो । पछि यस शब्दले नकारात्मक रूप लियो, जस्तो अडैनी भएर फुर्ती देखाउँदी रहिछ ।
त्यसकालमा शास्त्र जान्ने विवेक-वुद्धि भएका वैदिक ब्राह्मणहरूचाँही पण्डित पद पाएर राजगुरू बन्थे । शास्त्रमा पण्डितको अर्थ यसरी लगाईएकोछ: पण्डा सञ्जाता बुद्धिर्यस्य स पण्डित: अर्थात जसको बुद्धि छ, सो पण्डित हो ।(तर अचेल पण्डा भएको छ । भारततिर पण्डा बढी नकारात्मक बन्न पुगेको छ) यस कालमा रिमालहरू पण्डित या भट्ट या अधिकारी जस्ता पदमा रहेको हुनुपर्छ ।

वैदिक वांङमय रामायण र महाभारतका साथै जैन र बौद्ध ग्रन्थहरूमा समेत जनकको मिथिला राज्यको चर्चा भएको छ । वि सं ११५४ मा नान्यदेवले सिमरौनगढलाई मिथिलाको राजधानी बनाएका थिए । वि सं १३९१ ताका कर्णाटकवंशीय राजा (मैथिलराजा) हरिसिंह देवको पालामा मिथिला पूर्वमा कोशी पश्चिममा गण्डकी (सदानीरा) उत्तरमा हिमालय र दक्षिणमा गंगासम्म फैलिएको थियो । उनको राज्यमा आतंककारी मुस्लिम सम्राट गयासुद्दिन तुगलकको आक्रमण भएपछि भागेर जाँदा वि सं १३९१ मा तीनको पाटनमा निधन भएको थियो ।अहिलेको जनकपुर अञ्चलभन्दा मिथिला राज्य निकै विशाल थियो । विदेह राज्यको राजधानी मिथिला हो । विदेह अन्तर्गत नेपालको भूभागका साथै भारतको सीतामढी, सीताकुण्ड, तिरहुत र चंपारणका केहीभागसमेत पर्दथे । चिनिया यात्री फाइयान, वाङहुयेन चे र युवान च्वाङहरूले आ-आफ्ना यात्रा वृतान्तमा तिरहुत (विदेह राज्यको एक अंग)को वयान गरेकाछन्।

मैथिली भाषाका महान् साहित्यकार विद्यापतिभन्दा अगाडि नै यस भाषा र साहित्यको प्रभाव काठमाण्डौ उपत्यकाका राज्यहरूमा परिसकेको थियो । मैथिली ब्राह्मणहरू शास्त्रका ज्ञाता भएको उनिहरूलाई मल्ल राज्यका पण्डित, पुरोहितको सम्मान दिइएको थियो । उनीहरू राजोपाध्याय कहलाइए । राजोपाध्याय पदबाट मैथिली ब्राह्मणहरु मात्र होइन रिमाल वंश पनि सम्मानित भएका थिए । उपाध्याय किन भनिन्छ ? कस्तालाइ भनिन्छ ? भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो । तर नलेखि उपाध्याय लेख्ने चलन ब्राह्मणमा थियो, अहिले पनि उपाध्याय छदैछन् । वेदको एकअङ्ग आफ्नो वृत्तिका लागि अध्यापन गराउने उपाध्याय कहलाउँछन्  भनेर मनुले भनेका छन् ।(मनुस्मृति २-१४५)

मल्लकालिन नेपालमा रिमाल वंशको ठूलो इज्जत सम्मान थियो । कान्तिपुरमा उनिहरूलाई राजपण्डित पद प्राप्त थियो । विभिन्न देवदेवीका मन्दिरमा राज पुजारीका रुपमा तिनिहरू काम गर्दथे । यो इज्जत र सम्मानको श्रेय पं सहस्रशिवानन्द रिमाल उपाध्यायलाई छ । उनी नुवाकोटको फिर्केपबाट आएका थिए । यिनी धार्मिक भावनाका व्यक्ति थिए । फलत: यिनी मात्र होइन यिनका वंशजहरुको पनि इज्जत बढ्दै गयो । यिनलाई राजा महेन्द्रमल्लबाट इन्द्रचोकक ब्रह्मपुरमा घरसमेत उपलब्ध गराइएको थियो ।
यसले माध्यमिककाल र आधुनिककालको पूर्वाद्धश पार्नुका साथै शिवानन्दका वंशजवारे चर्चा गरिएको “पं सहस्र शिवानन्द रिमाल” शीर्षक वंशावली हामीलाइ प्राप्त भएकोछ । यो वंशावली वि सं २०४९ सालमा हरि शंकरानन्द रिमालले लेखि प्रकाशित गरेका हुन् । सोही वंशावलीका सान्दर्भिक कुराहरु यहाँ प्रस्तुत गरिएकाछन् ।

पं सहस्र शिवानन्द रिमालको वंशावली

प्राचिनकालमा नेपाल (कान्तिपुरादि भाग) का राजा अंशुबर्माकी छोरी भृकटी तिब्बत (भोट) का राजा सङचङगम्पोलाई विवाह गरि दिएपछि नेपाल र तिब्बतवीच धनिष्ठता भइ संस्कृतिको आदान-प्रदान भएको देखिन्छ ।त्यसपछि क्रमश: पाटन, भक्तपुर र कान्तिपुर (काठमाण्डौ) उपत्यकाक्षे बौद्ध तान्त्रिकमतका बौद्धाचार्य वज्राचार्यहरुद्वारा मधु मांसादिले कर्मकाण्ड चलाई गराई दक्षिण भारत लर्णाटक राज्यका राजा नन्ददेवले बारा जिल्ला सिमरौनगढमा सहर वनाई बसाई गरेका थिए । राजा नन्ददेवलेको छैठौ पुस्ताका राजा हरिसिंह देवकापालामा गयासुद्दिनले सिमरौनगढमा आक्रमण गर्दा सपनामा श्रीतुलजा भवानिले राजा हरिसिंहदेवलाई “मलाई नेपाल लैजाउ” भन्ने बाणि र राजगुरू पं कामेश्वर ठाकुरको सल्लाहले वि सं १३८१ साल पौषशुल्क नवमी शनिवारमा भारद्वाज गोत्रका योग्य ब्राह्मणहरु सहित भडेल, जोशी, आचार्य, वैद्य, रजक, खड्गीहरू र श्रतुलजा भवानी समेत साथमालिई राजा हरिसिंहदेव उत्तरपट्टीको जंगलकोवाटोगरी आउदा बाटामा खान नपाउदा राजाहरिसिंहदेवलाई पुन: सपनामा श्रीतुलजा भवानीले दर्शनदिई “यो जंगलमा जो टायो त्यो वस्तुलाई मलाई भोग लगाई प्रसाद ग्रहणगरी खानु” भन्ने सपना हुँदा जंगलमा कोज्न जादा अरना (रागो) भेटेछन् । सोहि अरना ल्याई खड्गीद्वारा श्रीतुलजा भवानीलाई भोग लगाई सोही अरनाको मांस प्रसादगरी खाई ज्यान जोगाई नेपाल खाल्डो भक्तपुरमा आई श्रीतुलजा भवानीलाई पनि भक्तपुरमा नै स्थापनागरी बसे । भारद्वाज गोत्रका योग्य ब्राह्मणहरू कोही पाटन पटको टोलमा बसे, कोही काठमाण्डौ होखालाये लिम्हटोलमा बसे । बाँकी सबै ब्राह्मणहरू भक्तपुरमा नै बसोबास गरी बज्राचार्यहरूसंग घनिष्टता गरी उपत्यका क्षेत्रमा हिन्दु ग्रन्थान्तरगत तन्त्रशास्त्र र पौराणिकद्वारा बौद्धमतीय सम्प्रदाय अनुसारण, अनुशीलन गरी मधु-मांसादिले तलेजु भवानीको पूजा-आजा चलाईबसे ।तद्अवस्थाको राजेच्छा मुताबिक नेपाल खाल्डोमा बज्राचार्यहरूसंग धार्मिक मेलमिलाप राखी आफ्नो हिन्दुधर्म संस्थापन, प्रचार-प्रसार गर्दै रहदै आइरहेको आवस्थामा राजा विश्वमल्लका पालामा इचंगु नारायणस्थानको मन्दिरहरू ठूलो बर्षाभइ पर्वत पहिरोआई इचंगुनारायणको मन्दिर पुरिई ठूलो नोक्सान भइरहेको अवस्थामा पश्चिम १ नं नुवाकोट फिर्केप गाँउ रिमाल डाडा निवासी पं सहश्रशिबानन् रिमाल उपाध्यायले विष्णुमती र भद्रमतीको संगम निर्मल तिर्थमा स्नानगर्दा चतुर्वाहु-नारायणको मूर्ति बगाएर ल्याएको भेटाएछन् । सोमूर्त आफ्नो गाँउ फिर्केपमा लैजादा वाटामा बासवस्दा सपनामा श्रीचतुर्वाहुनारायणले दर्शनदिई मलाई इँचगुमा लगी स्थापना गरिदिनु भन्ने सपना भयो।सोही अनुसार इचंगुमा लगी पहिरोले छोपिएको माटो पन्छाइ हेर्दा अघिकै नारायणमूर्तिको आसन भेट्टाइ वि सं १६०० साल (ने सं ६६३) सालमा नारायणमूर्ति स्थापनागरी श्रीपश्चिम शिखरनारायण (इचंगुनारायण) भनी नामाकरण गरियो । आनि त्यसकै दाहिनेपट्टी श्रीमहालक्ष्मी पनि स्थापनागरेछन् ।सहस्त्रलिङ्ग श्रीपाल नामको कुलदेवता पनि त्यही मानी इचंगुनारायण मन्दिरमा मन्दिरमा नारायणको-मूर्ति भित्र पस्ने ढोकाको दायाँतिर लिङ्ग स्थापनागरी आफै पुजारीभई बसे ।यसको विवरण भाषा वंशावलीमा उल्लेख छ । वि सं १६१७ सालमा राजा महेन्द्रमल्लले कान्तिपूर शहर उन्नति गर्ने सदिच्छाले आफ्नै दरवार नजिक उत्तरपट्टी श्रीपशुपतिनाथको मन्दिर बनाई निज इचंगुनारायणका पुजारीलाई बोलाइ निजवाट श्रीमहेन्द्रेश्वर नामाकरण गरी बैदिक-बिधि विधानद्वारा मूर्ति प्रतिषठापित गराई पं सहस्त्रशिवानन्द रिमाल उपाध्यायलाई राजपण्डित पदले बिभूषित गरेका थिए । वि सं १६२१ साल माघकृष्ण दशमी तिथि सोमवार अनुराधा नक्षत्रको शुभमुहुर्तमा राजा महेन्द्रमल्लले राजपण्डित सहस्रशिवानन्द रिमाल उपाध्यायलाई मूल पण्डित बनाई लिहटोलको आफ्ना गुरूलाई होता गराई कन्नौजबाट झिकाई आएका भारद्वाज गोत्रीय ब्राह्मणहरुमध्ये अल्लासराज ब्राह्मणलाई श्रीतलेजु भवानीको भूजा पकाउने कार्यमा लगाए ।अल्लासराज ब्राह्मणलाई भक्तपुर इपाछें टोलमा बसाए । कोटीहोम यज्ञमा ब्राह्मणलाई बिर्तादान-दक्षिणा दिएको प्रसंगमा राजपण्डित सहस्त्रशिवानन्द रिमाल उपाध्यायलाई इचंगुनारायण स्थानमा बिर्ता र काठमाण्डौ इन्द्रचोकमा ब्रह्मपुर नामगरी एक ठूलो घरसमेत बनाइ दान-दक्षिणा दिएका थिए । राजपण्डित सहस्त्रशिवानन्द रिमाल उपाध्याय त्यही निवास गरे । ह्नोखालाये लिंह्टोलको आफ्नो राजगुरूलाई श्रीमहेन्द्रेश्वर महादेवको पछाडिको बगैचामा ठूलो घर वनाई दान-दक्षिणा पनि दिएका थिए । आल्लासराज ब्राह्मणलाई लाई हेंकन्तलाटोलमा एक ठूलो घर वनाइ दान-दक्षिणा पनि दिएका थिए । पाटका राजा सिध्दिनरसिंह मल्लले आफ्नू दर्वार नजिक पश्चिमपट्टी ढुंगामा रामायण र महाभारतको चरित्र मूर्ति कुदि २१ गजुर राखख श्रीराधाकृष्णको मन्दिर बनाई वि सं १६९३ साल (ने सं ७५७) फागुनशुल्क दशमीतिथि पुनर्वसु नक्षत्र वृहस्पतिवार काशीवाट झिकाइएका गर्ग गोत्रीय षटकुल समुदायमध्ये पं विश्वनाथ उपाध्यायलाई होता गराई वैदिक र  तन्त्रोक्त विधिद्वारा ४६ दिन लगाई कोटिहोम यज्ञ गरी श्रीराधाकृष्णको मूर्ति प्रतिष्ठा गराई निज पुरोहितलाई दान दक्षिणामा वकलिह्म टोलमा एक घर बनाई सो घरमा चाहिने सामानहरू सजाई अंग पूर्ण गरी सुनको कल्पवृक्ष, चाँदीको पोखरी, सुनको मुकुट र एक तण्डुल-पर्वतन समेत दान-दक्षिणा दिएका थिए ।त्यही अवसरमा भारद्बाज गोत्रीय राजगुद्वारा श्रीतलेजु भवानीको पनि प्रतिष्ठा गराई निजराजगुरूलाई दान-दक्षिणा दिएका थिए । कान्तपुर (काठमाण्डौं)का राजा प्रतापमल्लको जेठाछोरा नृपेन्द्र मल्ल सम्वत १७३१ साल (ने सं ७९४) आषाढ शुल्कपक्ष षष्ठि सोमवारमा श्रीदक्षिणमुर्ति स्थापना-गरी इन्द्रोँक ब्रह्मपुरको राजपण्डित सहस्त्रशिवानन्द रिमाल उपाध्यायको पाँचौ पुस्ताको पं भवानीशंकर रिमाल उपाध्यायलाई श्रीदक्षिणामूर्तिको पुजारी गराइ देवपतन दथुटोलमा घरसमेत वन्दोवस्त  गराइ बसाले । सोही पं भवानीशंकर रिमाल उपाध्यायले दथुटोलमा घरमा श्रीइष्टदेवता स्थापना गरीबसे । वि सं १८२१ साल (ने सं ८८४)मा राजपण्डित सहस्त्रशिवानन्द रिमाल उपाध्यायको सातौं पुस्ताको राजपण्डित देवानन्द रिमाल उपाध्याय इन्द्रचोकबाट हात्ती चढेर हनुमानढोका दरवार गइरहेको अवस्थामा मखनटोल सिंहदोवाटो पुग्दा कुनै एकवृद्ध यजमानले दक्षिणा दिदा हात्तीबाट ओर्ली दक्षिणा थापेको राजा जयप्रकास मल्लले तलेजुभवानीको मन्दिरबाट देखेछन् । राजावाट सोधनी हुँदा सो थाहा भएपछि राजावाट “मैले यत्रो धनदिंदा पनि नपुग्ने” भनि राजपण्डित देवानन्द रिमाल उपाध्यायलाई दरवारवाट वरखास्त गरेछन् । पछि पं देवानन्द रिमालले नेवार जाति मध्ये श्रेष्ठ जातिमा यजमानी शुरूगरे । त्यस अवस्थामा नुवाकोट फिर्केपगाँउका रिमालहरूवाट पनि बन्चितहुदा सिमरौनगढबाट आएका भारद्वाज गोत्रीय ब्राह्मण समुदाय र कन्नौजबाट झिकाएका गर्ग गोत्रिय ब्राह्मवर्गसंग मात्र इन्द्रचोक ब्रह्मपुर निवाशी रिमाल वंशले विहावारी चलाएछन् ।

वि सं ५२० सालमा राजामानदेवले राज्यप्राप्त गरिसकेपछि राजाले चांगुनारायणको तन्त्रोक्त वेदोक्त पद्धतिवाट स्थापनागरी भारद्वाज गोत्रीय सुदर्शन ब्राह्मणलाई पुजारीबनाई राखेका थिए । कलिगत बर्ष ३७०७ वि सं ६६३ सालमा राजा अंशुबर्माले ललितपुर (पाटन) लगमखेलमा सुबर्ण खण्डन फाँडी दरवार बनाई आफ्ना दरबार नजिकमा श्रीवटुकभैरवको मूर्ति बौद्धतन्त्र र वैदिकतन्त्रदुवैमतले यथाविधिले स्थापना गरी दुबै मतको पुजारी राखेका थिए ।वि सं १८३१ सालमा श्री ५ महाराजधिराज प्रतापसिंहशाह (सिंहप्रतापशाह)बाट ललितपुर (पाटन) पटकोटोल निवासी भारद्वाज गोत्रीय राजगुरु कीर्तिराजानन्द उपाध्यायलाई बोलाई निजबाट तन्त्रदीक्षा मन्त्र ग्रहणगरी बक्सी गुरू कीर्तिराजानन्द उपाध्यायलाई “राजोपाध्याय” मानपदवी विभुषित गरी बक्सेको कुरा इतिहास पुरश्चर्याणाग प्रञम भागको भूमिकामा प्रकाशित भएकोछ । फलस्वरूप निज ब्राह्मणका समुदाय काठमाण्डौ, भक्तपुर र पाटनका क्रमश: कौशिकगोत्र, भारद्वाज गोत्र र गर्गका सबै ब्राह्मणवर्ग अनि राजा जयस्थितिमल्लले पदवी दिएका देवब्राह्मण वर्ग आ-आफ्नो थर त्यागी श्री ५ महाराजधिराज सिंहप्रताप शाहबाट वक्सेको “राजोपाध्याय” भन्ने पदवी सबैले ग्रहण गरी राजोपाध्याय लेख्ने चलन चलाएछन् । यसले गर्दा सबै ब्राह्मण समुदायदेखि अलग्गै जाति हुन गई गोत्रनै नभएको जस्तो हुन गएछ ।बालचन्द्र शर्मा एम ए ले “नेपालको ऐतिहासिक रूपरेखा” मा लेख्नु भएकोछ: “हिन्दुधर्मावलम्बी नेवारहरूमध्ये द्योभाजु ब्राह्मणका स्थितिमा छन् । यी आफुहरूलाई राजोपाध्या लेखदछन्” । श्री ५ महाराजधिराज रणवाहादुर शाहको उदय भएपछि मौसुफकी कान्छी महारानी कान्तिमतीलाई विफर ( शितला)को रोगले ग्रस्त गरी वि सं १८५६ साल कार्तिक महिनामा निधन हुँदा वियोगवस प्रजा धपाउने क्रममा इन्द्रचोक ब्रह्ममपुरका ब्राह्मणहरू मात्रका परिवारहरू सबै धपाई सर्वस्व हरण गर्दा सर्वानन्द राजोपाध्या (रिमाल उपाध्याय) की बहिनी धृतलक्ष्मीले आफु अन्धि भएकीले अविवाहित भनि श्री ५ महाराजधिराज रणबहादुर शाहका हजुरमा विन्ति चढाई आफ्ना दाजुभाइहरूलाई दिइन् । वि सं १८८१ साल मंसीर महिना कृष्णपक्ष पञ्चमी तिथिको दिनमा धृतिलक्ष्मीको निधन भयो ।

पं सहस्रशिवानन्द रिमालको वंशावली:-

८    शिवानन्द रिमाल उप्याय (सुदामा)
९    ऋषिदेव
१०   जगन्नाथ
११   विश्वनाथ
१२   महादेव
१३   चन्द्रशेखर (वि सं १७१६ मा राजा सिद्धिनरसिंह मल्लले हात्ति दान दिएको)
१४   देवानन्द
१५   शिवानन्द
१६   कविशेखर
१७   सर्वानन्द
१८   विधुशेखर
१९   वेदशेखर
२०   पद्मानन्द
२१   हरिशमकरानन्द